सुचना, समाचार र मनोरन्जन

आठ दिनको बक्स अफिस रिपोर्ट : ‘बलिदान’,‘हरिबहादुरको जुत्ता’ र माइतीघरको ग्रस कलेक्सन कति

काठमाडौं :

असोज १३ गतेदेखि प्रदर्शनमा आएका तीन नेपाली चलचित्र ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ ले बक्स अफिसमा उल्लेखनीय प्रतिस्पर्धा देखाएका छन्। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार ‘बलिदान’ ले देशव्यापी रूपमा सबैभन्दा बढी व्यापार गरेको छ।

Chaka Panja

बोर्डको रिपोर्टअनुसार अभिनेता समिर भट्ट अभिनित ‘बलिदान’ ले आठ दिनमा ३ करोड ७५ लाख ५३ हजार २ सय ५१ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। त्यसपछिको स्थानमा हरिवंश आचार्य अभिनित ‘हरिबहादुरको जुत्ता’ छ। यसले आठ दिनमा ३ करोड २१ लाख ७० हजार १ सय ६० रुपैयाँ ग्रस कमाइ गरेको छ। दुवै चलचित्रबीच करिब ५० लाख रुपैयाँको अन्तर देखिएको छ।

त्यस्तै, तेस्रो स्थानमा रहेको ‘माइतीघर’ ले आठौं दिनसम्ममा २ करोड १३ लाख ६४ हजार ६ सय ९२ रुपैयाँ ग्रस कलेक्सन गरेको बोर्डले जनाएको छ। ओभरसिज बजार र डिजिटल अधिकार बिक्रीबाट आम्दानीबाट यो फिल्मले आफ्नो लगानी सुरक्षित गर्न सक्ने देखिन्छ।

Leave A Reply

Your email address will not be published.