सुचना, समाचार र मनोरन्जन

फ्राइडे रिलिज : ‘माग्नेराजा’,‘जनै हराएको मान्छे’देखि ‘ताराहरु’सम्म

काठमाडौं :

शुक्रबारबाट एकसाथ तीन नेपाली फिल्म प्रर्दशनमा आएका छन्। फिल्म ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’ शुक्रबारदेखि प्रदर्शनमा आएका हुन्। यि तिनै वटा फिल्म फरक फरक विधा र स्वादका छन्।

केदार घिमिरे (माग्नेबुढा)को मुख्य भुमिका रहेको फिल्म ‘माग्ने राजा’ देशव्यापी १४५ शो सहित प्रदर्शनमा आएको छ भने ‘जनै हराएको मान्छे’लाई ११५ हाराहारी छ। त्यसै गरि आशान्त शर्माको ‘ताराहरू’ ३० शो सहित प्रदर्शनमा आएको छ।

‘माग्ने राजा’मा केदार घिमिरेका साथमा वर्षा सिवाकोटी,विल्सन विक्रम राई,मिस पवि,सारदा गिरी लगायतको अभिनय रहेको छ भने फिल्मलाई निर्देशन ऋषि लामिछानेको छ। यस फिल्मका निर्माता मुनाल घिमिरे हुन्।

त्यसै गरि ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’मा विजय बराल,केकी अधिकारी,मिरुना मगर,भोलाराज सापकोटा लगायतको अभिनय रहेको छ। यसमा बाबु–छोरा र दिदी–भाइबीचको सम्बन्धको कथामा मुख्य विषयवस्तु बनाइएको छ। हिमाल न्यौपानेको डेब्यु निर्देशनमा बनेको यो फिल्ममा कमल न्यौपाने र विमल न्यौपानेले संयुक्त रुपमा लगानी छ।

त्यस्तै गरि आजैबाट प्रदर्शनमा आएको फिल्म ‘ताराहरू’मा कलाकार आशान्त शर्माको निर्देशन छ। उनको स्वयं मुख्य भूमिका रहेको यस फिल्ममा मेनुका प्रधान, कुन्दुन शाक्य, मिरा खड्का लगायतको पनि अभिनय छ। एक किशोर जीवनबाट निराश भएर आत्महत्याको बाटोमा लाग्न खोज्दा अवस्थालाई फिल्मले बोल्छ। अघिल्ला महिना अर्थात असार र साउनमा फिल्म रिलिजको चाप न्यून थियो। तर भदौ लागेपछि हलमा फिल्म नै फिल्मको चाप बढेको देखिन्छ।

योसँगै नेपाली फिल्म ‘सिटामोल’ र ‘मोहर’हलमा चलिरहेको छ।

Leave A Reply

Your email address will not be published.