सुचना, समाचार र मनोरन्जन

सुनकोशी मरिन डाइभर्सनले आर्थिक क्रान्तिको सम्भावना: डा. भट्टराई

काठमाडौँ/

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय परियोजनाको अवलोकन गरेका छन् ।

Chaka Panja

नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका डा. भट्टराई बागमतीका आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठ लगायतका नेतासँग उक्त परियोजनाको अवलोकन गर्न बिहीबार सुरुङ निर्माणस्थल पुगेका थिए ।

परियोजना अवलोकनका क्रममा अध्यक्ष भट्टराईले पूर्वपश्चिम बग्ने नदी डाइभर्सन गरेर तराई मधेसमा सिंचाइ गर्न सक्दा ठूलो आर्थिक क्रान्ति सम्भव हुने बताए। उनले यस्ता युगान्तकारी परियोजनालाई उच्च महत्व दिएर अघि बढाउनुपर्नेमा जोड दिए ।

‘कालीगण्डकी, त्रिशूली, सुनकोशीजस्ता नदीको डाइभर्सन गरेर तराई मधेसमा सिंचाइ गर्न सक्दा ठूलो आर्थिक क्रान्ति सम्भव हुन सक्छ,’ उनले भने, ‘सिन्धुली र रामेछाप हुँदै बग्ने सुनकोशी नदीमा बाँध बाँधेर तराईका पाँच जिल्लामा सिंचाइ तथा ३१।७ मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य यस परियोजनाको छ ।

Leave A Reply

Your email address will not be published.