सुचना, समाचार र मनोरन्जन
Sarangi

गम्भिरको निर्देशनमा बन्यो ‘तिम्रो साथमै जिउने चाहाना’

काठमाडौं :

गम्भिर बिष्टको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘तिम्रो साथमै जिउने चाहाना’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको भिडियोमा शिव आर ठकुरी र सेजल गौतमले अभिनय गरेका छन् ।

अष्ट्रेलिया बसेर सिनेमा निर्देशन पनि पढिरहेका शिवले पछिल्लो समय निकालेर म्युजिक भिडियो अभिनय गरेका छन्। उनको डान्स र सिक्स प्याक्ड शरिर तारिफ योग्य छ । भिडियो आर्ट मुभिज र मोडल सुधिर श्रेष्ठसँगको सहकार्यमा निर्माण भएको हो। भिडियोमा सुधिर पनि बिशेष भुमिकामा देखिएका छन् ।

आर्ट मुभिजको प्रस्तुनिमा निर्माण भएको म्युजिक भिडियोमा कोरियोग्राफी पनि स्वयंम निर्देशक बिष्टको नै रहेको छ । भिडियो उत्कृष्ट बनेकाले दर्शकले मन पराउने विश्वास ठकुरीलाई छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतको भिडियोमा सनिश श्रेष्ठ र ममता गुरुङको स्वर सुन्न सकिन्छ ।

सुधिर श्रेष्ठको युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन, मिलन विश्वककर्माको कलर तथा शम्भु श्रेष्ठ प्रोडक्सन म्यानेजरको रुपमा आवद्ध छन् ।

Leave A Reply

Your email address will not be published.