सुचना, समाचार र मनोरन्जन
Sarangi

अन्तत: लामेआहालमा फोहोर विसर्जन

पोखरा /

पोखरा महानगरपालिकाले महनगरभित्रको फोहोर लामेआहालमा रहेको अस्थायी ल्यान्डफिलमै फालेको छ ।

स्थानीयले अवरोध गरेपछि १२ दिनदेखि नउठेको फोहोर मंगलबारदेखि उठाएर लामेआहाल पु¥याएको थियो । बिहानैबाट फोहोर ल्यान्डफिल पुगेका ३० गाडी फोहोर लामेआहालमा विर्सजन गरिएको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले लामेआहालमै फोहोर फाल्ने निर्णय गरेको थियो । स्थानीयले अवरोध गर्नसक्ने अवस्थालाई ध्यानमा राखेर सुरक्षाकर्मी परिचालन गरिएपनि विना अवरोध फोहोर विसर्जन भइरहेको महानगरपालिकाले जनाएको छ ।

पोखरा महानगरले पोखरा ३२, लामेआहालमा भएको अस्थायी ल्यान्डफिल साइट बनाएर फोहोर व्यवस्थापन गर्दै आएको छ । महानगरले यसअघि पोखरा १४, बच्छीबडुवामा फोहोर फाल्दै आएको थियो ।

तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै लामेआहालमा अस्थायी ल्यान्डफिल साइट तोकेर ६ महिनाअघिबाट फोहोर फाल्न सुरु गरिएको हो ।

Leave A Reply

Your email address will not be published.