काठमाडौँ /
विश्वकै दोस्रो अग्लो हिमाल पाकिस्तानस्थित माउन्ट केटुुको सफल आरोहण गरि फोटो पत्रकार पूर्णिमा श्रेष्ठ आज बिहान नेपाल आइपुगेकी छिन्।
पूर्णिमाले गत साउन ११ गते ८ हजार ६ सय ११ मिटर अग्लो केटु हिमालको सफलतापूर्वक आरोहण गरेकी थिइन् । चौध वटा अग्ला हिमालमध्ये सबैभन्दा काथिन मानिने केटुलाई माउन्टेन किलर भनेर समेत चिनिन्छ।
६ वर्ष अघि पर्वतारोहणको यात्रा सुरु गरेकी पूर्णिमाले यस अघि नै नेपालमा रहेका ८ हजार मिटर माथिका ७ वटा शिखर आरोहण गरी सकेकी छिन् ।
पूर्णिमाले नेपाली कम्पनी एट के एक्स्पिडिसन्सबाट आरोहण गरेकी हुन्। आज स्वदेश फकिएकी उनलाई विमानस्थलमा स्वागत गरिएको थियो।