सुचना, समाचार र मनोरन्जन

राखेपका कर्मचारी आन्दोलित

कर्मचारी सङ्घले बिहीबार त्रिपुरेश्वरमा पत्रकार सम्मेलन गर्दै नियमअनुसार हुनुपर्नेमा बढुवा नभएको भन्दै विभिन्न चरणको सङ्घर्षका कार्यक्रम घोषणा गरेको हो।

काठमाडौं /

राष्ट्रिय खेलकुद परिषद् कर्मचारी सङ्घले सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ। कर्मचारी सङ्घले बिहीबार त्रिपुरेश्वरमा पत्रकार सम्मेलन गर्दै नियमअनुसार हुनुपर्नेमा बढुवा नभएको भन्दै विभिन्न चरणको सङ्घर्षका कार्यक्रम घोषणा गरेको हो।

परिषद्को ११६औँ बोर्ड बैठकले निर्णय गरे पनि युवा तथा खेलकुद मन्त्रालयमा रहेका केही निहित स्वार्थ बोकेका कर्मचारीले असहयोग गरेका कारण बढुवा रोकिएको कर्मचारी सङ्घले आरोप लगाएको छ।

Gandarbha

परिषद्को ११६औं बोर्ड बैठकको निर्णय अनुसार कर्मचारी सेवामा २०६८ को दोस्रो संशोधन परिच्छेद ६ को दफा ५६ को उपनियम १ र १ {क} का मा भएको व्यवस्था बमोजिम कर्मचारीहरूको बढुवा प्रक्रिया अगाडि बढाइ सूचना प्रकाशित समेत गरी परिषद् अन्तर्गत सातवटै प्रदेश र ७७ वटै जिल्लामा कार्यरत रहेका कर्मचारी हरूमध्ये नियमानुसार सम्भावित कर्मचारीहरूले तोकिएकै मिति भित्र परिषद्मा आएर पदपूर्ति समितिबाट बढुवाका लागि स्वीकृत दरखास्त फारम भरी बुझाइसकिएको संघले जनाएको छ।

‘पदपूर्ति समितिले पनि विद्यमान नियमावली बमोजिम समितिबाट गर्नुपर्ने प्रारम्भिक चरणका कार्यहरू ९९ प्रतिशत भन्दा बढी सम्पन्न गरी बढुवाको लागि योग्य उम्मेदवारको अन्तिम नामावली निर्णय गरी अनुमोदनका लागि परिषद् समक्ष सिफारिस गर्नुपर्ने काममात्र बाँकी रहेको अवस्थामा युवा तथा खेलकुद मन्त्रालयमा रहेका केही निहित स्वार्थ बोकेका कर्मचारीहरूले राखेपप्रति रहेको असहयोगका कारणले ऐतिहासिक र सकारात्मक कार्यले समेत सार्थक परिणाम पाउन सकेको छैन,’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

जसमा साउन २६ देखि भदौ १ गतेसम्म कर्मचारीले कालोपट्टी बाँध्नेदेखि पेन डाउन गर्नेसम्मका कार्यक्रम घोषणा गरेका छन्।

Leave A Reply

Your email address will not be published.