सुचना, समाचार र मनोरन्जन

११ बैंकको ब्याजदर बढ्यो, ४ को घट्यो र ४ को यथावत

काठमाडौँ/

भदौको लागि अधिकांश वाणिज्य बैंकले निक्षेपको ब्याजदर बढाउँदा केही बैंकले भने घटाएका छन् । निक्षेपमा भद्र सहमतिको नाममा बैंकर्स संघले ब्याजदर तोक्दै आएकोमा १ साउनबाट उक्त सहमति खारेज गर्दै वाणिज्य बैंकहरुले आफैं तोक्न सुरु गरेका थिए ।

गत असारको तुलनामा साउनमा केही बैंकले निक्षेपको ब्याजदर घटाएका र केही बैंकले बढाएका थिए भने केही बैंकले असारकै ब्याजदरलाई निरन्तरता दिएका थिए ।

केही बैंकले भदौमा पनि सोही ब्याजदरलाई निरन्रता दिँदा अधिकांश वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका हुन् ।

वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदरमा कायम गरेको भद्र सहमति खारेज गरेसँगै छोटो अवधिको निक्षेपको मुद्धति निक्षेपको ब्याजदर कम र लामो अवधिको मुद्धति निक्षेपको ब्याजदर बढी तोक्दै आएका छन् ।

भदौमा नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन र नेपाल एसबीआई र कुमारी बैंकले मुद्धति निक्षेपको अधिकतम ब्याजदर साउनकैलाई निरन्तरता दिएका हुन् ।

हिमालयन र नेपाल इन्भेष्टमेन्ट मेगालले बचतको ब्याजदर पनि परिवर्तन गरेका छैनन् । तर, प्राइम कमर्सियल बैंक, एनएमबि बैंक र एनआईसी एशिया बैंक र स्ट्यान्डर्ड चाटर्ड बैंकले भने व्यक्तिगत मुद्धति निक्षेपको अधिकतम ब्याजदर घटाउँदा ११ वटा वाणिज्य बैंकले भने ब्याजदर बढाएका हुन् ।

भदौमा ग्लोबल आईएमई बैंक, कृषि विकास बैंक, कुमारी बैंक, नेपाल बैंक, एनआईसी एशिया बैंक, सिटिजन्स बैंक र सानिमा बैंकले व्यक्तिगत मुद्धति निक्षेपमा अधिकत १०.८९६ प्रतिशत ब्याजदर दिने भएका छन् ।

कुमारी बैंकले १ साउनमा व्यक्तिगत मुद्धति निक्षेपमा अधिकतम १०.०१ प्रतिशत प्रकाशित गरेकोमा ९ साउनमा आएर बढाउँदै ९.८९६ प्रतिशत पुर्‍याएको थियो । भदौमा ९ साउनमा प्रकाशित गरेको ब्याजदरलाई नै बैंकले निरन्तरता दिएको हो ।

राष्ट्र बैंकले नीतिगत दरलाई परिवर्तन गरेको अवस्थामा बैंकहरुले तत्कालै निक्षेपको ब्याजदर परिवर्तन गर्नसक्ने सुविधा उपयोग गर्दै कुमारी बैंकले ब्याजदर परिमार्जन गरेको थियो ।

साउनमा १० वर्ष भन्दा माथिको मुद्धति निक्षेपको लागि अधिकतम १०.९८ प्रतिशत ब्याजदर प्रस्ताव गरेको एनएमबि बैंकले भदौमा व्यक्तिगत मुद्धति निक्षेपको अधिकतम ब्याजदर नै ९.९९ प्रतिशत कायम गरेको छ । यस्तै प्राइम कमर्सियल बैंकले पनि साउनमा १०.९३ प्रतिशत बनाएको निक्षेपको अधिकतम ब्याजदर भदौमा १०.५ प्रतिशतमा झारेको हो ।

स्ट्यान्डर्ड चाटर्ड बैंकले साउनको तुलनामा भदौमा घटाउन सक्ने सीमा ०।०३ प्रतिशतले घटाएको छ । साउनमा ८.९५ प्रतिशत रहेकोमा बैंकले भदौमा ८.९२ प्रतिशतमा झरेको हो । एनआईसी एशिया बैंकले १०.८९६ प्रतिशत भन्दा बढी ब्याज दिन नपाउने भए पनि साउनमा १०.९३६ रहेकोमा भदौमा ०.०४ प्रतिशतले घटाएको हो ।

Leave A Reply

Your email address will not be published.