सुचना, समाचार र मनोरन्जन

ले.उ.वा.संघको कार्यसमिति सदस्यमा एलपी ढुंगानाको उम्मेदवारी घोषणा

पोखरा ।

आसन्न लेखनाथ उद्योग बाणिज्य संघको १४ औं अधिवशेनमा कार्यसमिति सदस्य पदमा लक्ष्मी प्रसाद ढुंगाना (एलपी) ले उम्मेदवारी दिने घोषणा गरेका छन् । आगामी भदौ २२ र २३ गते हुने अधिवेशनका लागि उनले तयारी थालेका हुन् ।

सिर्जनशिलता, उद्यमशिलता, जवाफदेहिता, एकता र आर्थिक समृद्धि आजको आवश्यकता भन्ने मूल नाराका सात अगाडि बढेका ढुंगाना लेखनाथ उद्योग बाणिजय संघमा आबद्ध रही सहकारी समन्वय उपसमितिको सहसंयोजक भएर काम गरेका छन् । लेखनाथ महोत्सवमा समेत विभिन्न उपसमितिमा रही काम गरेको अनुभव ढुंगानाको छ । पोखरा २६ कन्धनिडाँडाका स्थायी बासिन्दा ढुंगानाले २०६७ सालमा लेखनाथ उद्योग बाणिज्य संघको सदस्यता लिएका हुन् ।

बढीबजार व्यवसायी समितिका सल्लाहकार समेत रहेका ढुंगाना अमर डिजाइन एण्ड प्रिन्टका निर्देशक हुन् । लेखनाथ सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष, नेपाल रेडक्रस सोसाइटी पोखरा २६ उपशाखा सचिव, राखी युवा रेडक्रस सर्कल पूर्व अध्यक्ष, जल्धारे बचत तथा ऋण सहकारी लेखासमितिका सदस्य, हाँस्य टेलिचलचित्र लेखन तथा अभिनय कला, साहित्यमा आबद्ध रही काम गरेको अनुभव छ ।

साना व्यवसायी पनि संघमा आबद्ध भई आवाज बुलन्द बनाउने हेतुले उम्मेदवारी दिएको उनले बताए । पोके व्यवसायीलाई व्यवस्थापन गर्ने उद्देश्य आफ्नो रहेको भनाई उनको छ ।

Leave A Reply

Your email address will not be published.