पोखरा /
पोखरा महानगरपालिका वडा नम्बर १३ ले वडाभित्रका सामुदायिक विद्यालयमा निशुल्क स्वास्थ्य शिविर गरेको छ ।
कास्की सेवा हस्पिटल एण्ड रिसर्ज सेन्टरको सहयोगमा वडा भित्रका सामुदायिक विद्यालयमा स्वास्थ्य शिविर गरिएको वडाध्यक्ष किरण बरालले जानकारी दिए ।
उनका अनुसार वडाभित्रका आर्वा विजय माध्यमिक विद्यालय ढाँडबेसीमा शिविर गरिएको हो । ‘हामी जनप्रतिनिधि समुदायसँगै नजिकै छौं भनेर आज पुनः वृहत्त स्वास्थ्य शिविर सम्पन्न ग¥यौैं । समाजको आँगन विद्यालय ठानेर स्वस्थ्य शिविर गरेका हौं,’ वडाध्यक्ष बरालले भने ।
स्वास्थ्य शिविरमा १ सय ८८ जना सहभागि भएका थिए । जसमा ८५ जना विद्यार्थी सहभागि थिए । भने १ सय ३ जना स्थानीय शिविरमा सहभागी भएर स्वास्थ जाँच गरेका हुन् । ‘यस कार्यमा अस्पतालको साथ र सहयोग नभएको भए शिविर गर्न सम्भव थिएन । यस महान कार्यमा अस्पतालले खेलेकाले भूमिकाप्रति विशेष धन्यवाद छ,’ वडाध्यक्ष बरालले भने ।