सुचना, समाचार र मनोरन्जन

स्थानीय तहमा युवाहरुको सहभागित विषयक अन्र्तक्रिया सम्पन्न

पोखरा/

नेपाल अकाउण्टीविलिटी नेपालले आईतवार पोखरामा आयोजना गरेको स्थानीय तहमा युवाहरुको सहभागिता र उद्यमशिलता विषयक अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुले स्थानीय स्थानीय तह र युवाहरुको सम्वन्धमा दुरी रहने गरेको बताएका छन ।

स्थानीय तहमा युवाहरुको सहभागिता र उद्यमशिलता विषयक अन्र्तक्रियामा सहभागीहरुले यस्तो बताएका हुन । अन्र्तक्रियामा युवालाइ प्रोत्साहन, संघीयतामा युवाहरुको भुमिका, युवाहरुको क्रियाशिलता, सरकार र युवाहरुको सम्वन्ध,पछिल्लो समय युवाहरुमा देखिएको उदासिनता, बहिरा तथा अपाङ्गता भएका युवाहरुको सुविधा र अवसर, युवाहरुमैत्री कार्यक्रमहरुको विषयमा युवाहरुले जिज्ञासा राखेका थिए।

अन्र्तत्रियामा सहभागी युवाहरुले स्थानीय तथाहरुले युवामैत्री कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका छन । सिमित मात्रामा संचालन हुने कार्यक्रमहरु पहुँचवालाले पाउँने गरेको गुनासो गरेका छन । शारिरीक रुपमा फरक क्षमता भएका युवाहरुले क्षमता भएर पनि अवसर नपाएको गुनासो गरेका छन ।

पछिल्लो समय नेपालमा सुरक्षीत भविष्य नदेखेर न दैैनिक लाखौ युवाहरु विदेशिने गरेको उनीहरुको भनाई छ । नेपालको शिक्षा पणालीलाई उत्पादन र रोजगारसंग जोड्नुपर्नेमा उनीहरुले जोड दिएका छन । देशभित्रैका स्थानीय सरकार र विदेशी मुलुकहरुसंगको भगिनी सम्वन्ध, निति निर्माण विकास निमार्णमा युवाहरुलाई जोड्न नसकेको उनीहरुको गुनासो छ ।

विद्यालय तहमा पढ्दै गरेका विद्यार्थीहरुमा पनि भविष्यमा के गर्ने भनि प्रश्न गर्दा अमेरिका अष्ट्रेलिय क्यानडा, जापान कोरिया लगायतका देश जाने उत्तर आउने गरेको भन्दै देशको र भोलिका दिनमा देशमै रहन चाहाने युवाहूरुको भविष्यप्रति चिन्ता व्यक्त गरेका थिए ।

युवाहरु र सरोकारवालाविचको अन्र्तक्रियाको क्रममा सरकारी निकायप्रति युवाहरुको उदासिनता र आक्रोस प्रस्टै देखिन्थ्यो । युवाहरुको जिज्ञासा सम्वोधन गर्दै पोखरा महानगरपालिका वडा नं ९ का वडाअध्यक्ष दिप्न्द्र मरासिनीले महानगरपालिकाले संचालन गर्ने कार्यक्रमहरुमा युवाहरुको सहभागितालाई बढाउन पहल गर्ने बताएका छन । त्यस्तै उनले जनप्रतिनिधि र विभिन्न तहका सरकारलाई युवाहरुले पनि झकझकाउन आवस्यक रहेकोमा जोड दिए ।
नगरपालिकाका कृर्षि शाखाका प्रतिनिधि मनहरी कडरियाले सरकारी निकायप्रतिको गलत धारणा, गलत प्रचार, अफवाहले जनमानसमा सरकारी निकायप्रति गलत नजिर बसेको भन्दै आक्रोस भन्दापनि सहकार्य गर्नुपर्ने बताएका छन ।

Leave A Reply

Your email address will not be published.