सुचना, समाचार र मनोरन्जन

पाकिस्तानी कप्तान बाबर आजम भन्छन् ‘नेपाललाई हल्का रुपमा लिने छैनौं’

एसिया कपमा भारतसँगको पाकिस्तानको खेल सधैं हाएभोल्टेज हुने भए पनि अहिले भने आफ्नो टिम भारत नभइ नेपालप्रति केन्द्रित भएको उनले बताए ।

काठमाडौं /

एसिया कपको पूर्वसन्ध्यामा आयोजक पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले आफ्नो टिमले नेपाललाई हल्का रुपमा नलिने बताएका छन् । मंगलबार बाबरले भने ‘व्यवसायिक खेलाडीको रुपमा हामी तयार हुनुपर्छ ।’

Gandarbha

एसिया कपमा भारतसँगको पाकिस्तानको खेल सधैं हाएभोल्टेज हुने भए पनि अहिले भने आफ्नो टिम भारत नभइ नेपालप्रति केन्द्रित भएको उनले बताए । उनले कुनै पनि टिमलाई हल्का रुपमा लिन नसकिने बताए । एसिया कपको पहिलो खेल आज नेपाल र पाकिस्तानबीच पाकिस्तानको मुल्तानमा हुनेछ । खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुँदैछ ।

आजको खेलमा नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिनेछ । १० टिम सहभागी एसीसी प्रिमियर कपको विजेताको रुपमा नेपालले एसिया कप खेल्दैछ । यसअघि एसिया कप खेलिसकेका युएइ, हङकङ जस्ता प्रतिस्पर्धीलाई उछिनेर यहाँ पुगेका नेपाली खेलाडीको मनोबल यसै पनि उच्च हुनेछ । यसबाहेक नेपालले विश्वकप लिग २ मा पनि पछिल्लो १२ मध्ये ११ खेल जितेको छ ।

आजको खेल नेपालको लागि प्रतिष्ठाको खेल हुनेछ । आइसीसीको पूर्ण सदस्य तथा एकदिवसीय बरियतामा शीर्ष स्थानमा रहेको पाकिस्तानसँग खेल्न पाउनु १५ औं बरियतामा रहेको नेपालको लागि निकै ठूलो अवसर हो । नतिजा जे भए पनि बलियो टिमसँगको यो खेलले नेपाली खेलाडीलाई धेरै सिक्ने अवसर दिनेछ । सिनियर टिमको रुपमा नेपालको यो कुनै पनि फरम्याटमा पाकिस्तानविरुद्ध पहिलो खेल हो ।

Leave A Reply

Your email address will not be published.