सुचना, समाचार र मनोरन्जन

बक्स अफिस रिपोर्ट : ‘कबड्डी ५’ १३ करोड पार, ‘बाटुलो जून’ ८ करोड ३५ लाख माथिको व्यापार

काठमाडौं :

कात्तिक २६ गते प्रदर्शन भएको फिल्म ‘बाटुलो जून’को व्यापार ८ करोडमाथी पुगेको छ। चलचित्र विकास बोर्डको बक्स अफिसमा यस फिल्मको प्रदर्शनको ११ दिनमा ८ करोड ३५ लाख ३७ हजार ९१७ रुपैयाँ ग्रस कलेक्सन गरेको हो। यो कमाइ २ लाख ६९ हजार ५४४ वटा टिकट बिक्री भएको छ।

भुवन केसीको निर्देशन तथा अभिनयमा निर्माण भएको फिल्मलाई जिया केसी र भविष्य खड्काले लगानी गरेका हुन्। फिल्ममा निर्देशक भुवन केसीकै अभिनय रहेको छ भने उनका अलवा अनमोल केसी,प्रिन्सी खतिवडा,गरिमा पन्त लगायतको छ। यो फिल्मको व्यापारले निकै छलाङ मारिरहेको छ।

गत कात्तिक २० गते प्रदर्शन भएको ‘पाँच पाण्डव’ले भने १७ दिनमा जम्मा ४५ लाख २२ हजार ३८८ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। फिल्मलाई वसन्त निरौलालेनिर्देशन गरेका हुन्। यस फिल्ममा हरिवंश आचार्य,इभा गिरी,दीपाश्री निरौला,आर्यन सिग्देल,महेश त्रिपाठी लगायतको मुख्य भुमिका रहेको छ। साथै यस फिल्मलाई रंगपत्रकार सशील पौडेलले लेखेका हुन्।

Pach Pandav

यता गत कात्तिक ६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ५’ले पनि घरेलु बक्स अफिसमा १३ करोडको आँकडा पार गरेको छ। हिजो आइतबारसम्मको बक्स अफिस रिपोर्टमा १३ करोड २६ हजार ९३७ रुपैयाँ ग्रस कलेक्सन गरेको हो। यो अवधिमा फिल्मका ४ लाख २४ हजार ८८२ वटा टिकट बिक्री भएका छन्। रामबाबु गुरुङको निर्देशनमा निर्माण भएको यस फिल्ममा दयाहाङ राई,मिरुना मगर,सिर्जना गुरुङ,विजय बराल लगायतको अभिनय रहेको छ।

त्यसैगरि माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’ले आइतबारसम्म ३ लाख ६४ हजार ८०८ वटा टिकट बिक्री गर्दै १० करोड ३६ लाख ८३ हजार ३८ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। फिल्ममा दयाहाङ राईकै मुख्य भुमिका रहेको छ भने अन्य कलाकारमा गौमाया गुरुङ,पशुपति राई,विजय बराल,बुद्धि तामाङ लगायतको अभिनय छ।

त्यस्तै, चन्द्र पन्तको निर्देशक तथा निर्माणमा बनेको फिल्म ‘आ बाट आमा २’ले आइतबारसम्म ७ करोड १८ हजार ८०२ रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ। गत असोज ३० गतेबाट प्रदर्शनमा आएको यो फिल्ममा पल शाह,मलिका महत,आकाश श्रेष्ठ,विपना थापा लगायतको मुख्य भुमिका रहेको छ।

यो भन्दा अगाडि अर्थात असोज ९ गते प्रदर्शन भएको फिल्म ‘बाः एक योद्धा’ले ३ करोड ५७ लाख ६९ हजार ४४१ रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भइसकेको छ। हलमा प्रदर्शनको ५१ दिन मनाइसकेको यो फिल्ममा हरि लम्सालको निर्देशन रहेको छ भने वसन्त लम्सालको लगानी छ। दिव्यदेव पन्त र सुहाना थापाको मुख्य भुमिका रहेको यो फिल्ममा झरना थापाको पनि अभिनय रहेको छ।

Leave A Reply

Your email address will not be published.