सुचना, समाचार र मनोरन्जन

नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्ग दिने समझदारी

काठमाडौँ,

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबिच नागरिक उड्डयन क्षेत्रको विकास तथा विस्तारका विषयमा महत्त्वपूर्ण समझदारी भएको छ । दुई देशबिच भएको उच्चस्तरीय वार्ताका क्रममा बी–३४५ एयर रुट अर्थात् काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी दिने सहमति भएको हो ।

Pach Pandav

भ्रमणका अवसरमा दुवै देशका शीर्ष नेताहरूले आपसी सम्पर्क सञ्जाल विस्तार गर्ने र द्विपक्षीय आर्थिक सहकार्यलाई थप प्रवर्द्धन गर्ने उद्देश्यका साथ नागरिक उड्डयनका विषयमा भइरहेका निरन्तरका छलफलहरूलाई सकारात्मक रूपमा लिएका छन्। दुई मुलुकबिचको हवाई सम्पर्कलाई सहज बनाउँदै आर्थिक गतिविधि बढाउन यो सहमतिले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

उक्त हवाई मार्गलाई दुईतर्फी रूपमा सञ्चालनमा ल्याउन आवश्यक पर्ने कार्यविधि तथा ढाँचालाई अन्तिम रूप दिन दुवै देशबिच छिट्टै प्राविधिक परामर्श गरिने भएको छ। साथै, सोही प्राविधिक परामर्शमार्फत हाल दुवै पक्षबाट छलफलमा रहेका नागरिक उड्डयनसम्बन्धी अन्य प्रस्तावहरूलाई समेत सम्बोधन गरिने सहमति भएको छ ।

Leave A Reply

Your email address will not be published.