सन्तोष बस्याल
पोखरा ।
आज भन्दा ५ वर्ष अगाडि पोखरामा बेलो ब्लश एण्ड एकेडेमी संचालनमा आयो । सुरुवातमा एउटा सटर लिएर सुरु गरिएको थियो व्यवसाय । अहिले उक्त व्यवसायले विस्तार रुप लिएको छ । सौन्दर्यतालाई आधार बनाएर अगाडि बढीररहेको बेलो ब्लश खासगरी नङ र परेलाका विषयलाई आत्मसात् गरिरहेको छ । नेल एण्ड ल्याशको कलात्मक शिक्षालाई प्रवाह गरिरहेको पाइन्छ । महिलाहरुलाई उद्यमशील बनाउने बाटोमा बेलो ब्लश छ ।
सौन्दर्यताको ज्ञान बढाई महिलाहरुलाई आत्मनिर्भर बनाउने दिशामा बेलो ब्लश लागिरहेको हामी पाउँछौ । व्यक्तिगत आचरणलाई बदली सामाजिक प्रतिष्ठा कायम राख्नेहरुका लागि बेलो ब्लश उत्कृष्ट गन्तव्य बनेको छ । महिलाहरुको आत्मविश्वासमा बढ्वा दिने काम भएको छ ।
पोखराको लेकसाइड स्थित स्ट्रीट नम्बर १६ ‘बी’ ओजन क्लबको लाइनमा रहेको बेलो ब्लश खासगरी टिनेजेरहरुको लागि आकर्षक थलो बनेको छ । १८ वर्ष भन्दा माथि ३० वर्षसम्मका महिलाहरुको बाक्लो सहभागिता रहन्छ । उसो त ५५ देखि ६० उमेरसमूहका महिलाहरु पनि सेवाका लागि जाने गरेका छन् । सुरुवातकालिन समयमा घरघरमा पुगेर सेवा प्रवाह गरेको बेलो ब्लशले सेवाग्राहीको मन जित्दै आएको छ ।
बेलो ब्लश सीप पढाउने शैक्षिक संस्थाको रुपमा स्थापित बनिसकेको छ । विद्यार्थीको आत्मसम्मान र आत्म अभिव्यक्ति बढाउन बेलो ब्लशको भूमिका महत्वपूर्ण छ । बेलो ब्लशको संचालक प्रीया गुरुङ हुन् । उनी आफै नै बेलो ब्लशलाई माथि उठाउन कसिएकी छिन् । पहिले देखि नै केही नयाँ गर्ने सोचका साथ व्यवसाय क्षेत्रमा प्रवेश गरेकी प्रीयाले छोटो समयमा नै सौन्दर्यतालाई आत्मसात् गर्दै अगाडि बढीरहेकी छिन् ।
आफु जस्तै अरु महिलाहरुलाई पनि दक्ष बनाउने बाटोमा उनको सक्रियता बढ्दो छ । प्रीया भन्छिन्,“बेलो ब्लश उद्यमशील महिला उत्पादन गर्ने बाटोमा अग्रसर छ । हाम्रो सोच भनेकै महिला दिदीबहिनीहरु इन्टरपेनियर बनुन भन्ने हो । आत्मनिर्भरताका साथ समाजमा आफ्नो पहिचान बनाउन भन्ने हो ।”
उनका अनुसार बेलो ब्लशमा अहिले बढी विदेश जाने युवतीहरु सीप सिक्न जाने गरेका छन् । बाहिरी मुलुकमा नेल्स (नङ) एण्ड ल्याश (परेला) को क्षेत्रमा राम्रो सम्भावना देखिएकाले अहिलेको समयमा विद्यार्थीको चाप बढ्ने गरेको भनाई उनको छ । देशमा नै उद्यमशिलताको विकास गर्ने चाहना हुँदाहुँदै पनि बाध्य भएर विदेशिने महिलाहरुलाई पढाउनुपरेको उनले उल्लेख गरिन् ।
भन्छिन्, “बेलो ब्लशमा सीप सिकेर विदेश गएकाहरुले राम्रो अवसर प्राप्त गरेका छन् । उनीहरु खाली बस्नुपर्ने अवस्था सिर्जना भएको छैन । केहीले नेपालमा पनि आफ्नै व्यवसाय संचालन गरी आत्मनिर्भर भएका छन् ।”
५० देखि ६० प्रतिशत महिलाहरु विदेश नै जाने भनेर सीप सिक्नकै लागि बेलो ब्लश धाउने गरेका छन् । तसर्थ अन्तर्राष्ट्रिय शिक्षाको सम्भावनालाई बढवा दिन आफ्ना विद्यार्थीहरूमा उद्यमशीलताको भावना जगाएको छ । हालसम्म बेलो ब्लश ब्यूटी एकेडेमीले ३ सय भन्दा बढी विद्यार्थीहरुलाई सफलतापूर्वक तालिम उपलब्ध गराएको छ । जसमा एक जना पनि खाली बस्नुपर्ने अवस्था आएको छैन । कोहि वैदेशिक रोजगारीमा छन् भने कोहि नेपालमा नै रोजगार वा व्यवसाय संचालन गरेर बसेका छन् ।
प्रीयाका अनुसार नङ र परेलाका भेरियन्ट सम्बन्धि सम्पूर्ण सेवा बेलो ब्लशले उपलब्ध गराउँदै आएको छ । यसका अलवा मेकअप र हेयरस्टाइल सम्बन्धि काम पनि बेलो ब्लशमा हुन्छ । बेलो ब्लश एकेडेमीमा चार प्रकारको तालिम उपलब्ध छ । १५ दिने मास्टरिङ जेल नेल कोश, २० दिने अकरेलिक नेल इन्ह्यान्समेन्ट टे«निङ, प्रोफेसनल नेल टेक्निसियन डिप्लोमा कोर्ष र एडभान्स ल्याश (परेला) एक्सटेन्सन कोर्ष लगायतको प्रशिक्षण गराइन्छ ।
तालिम सँगै व्यवसाय सुरुवात कसरी गर्ने विषयमा काउन्सिल पनि बेलो ब्लशले गर्दै आएको छ । बेलो ब्लशमा आएका सेवाग्राहीहरु सन्तुष्ट भएको प्रीया बताउँछिन् । सामान्य परिवारको महिलाहरुले पनि सीप सिक्न पाउने गरी शुल्क निर्धारण गरेको भनाई उनको छ ।
सौन्दर्यताको व्यवसायमा दिगोपना भएको प्रीया बताउँछिन् । दिगो व्यवसाय देखेर नै उनले यसमा हात हालेकी हुन् । अहिले सौन्दर्यताको आवश्यकता हर कोहिलाई भएको र यसलाई आत्मसात् गर्दै सुरुवात गरिएको व्यवसायमा अडिकता पनि भएको भनाई उनको छ । विश्वव्यापी रुपमा नै सैलुन र सौन्दर्य स्टुडियोहरूको बजारीकरण प्रशंसालायक छ ।
बेलो ब्लश आफुलाई अझै परिस्कृत गर्दै अगाडि बढ्ने सोचमा छ । पोखरामा एकेडेमीलाई अझ विस्तार रुप दिएर यसको आउटलेट नेपालका अन्य प्रमुख शहरमा समेत विस्तार गर्ने योजना रहेको प्रीया बताउँछिन् । सौन्दर्य व्यवसायमा अझ बढी नवीनता खोज्दै आफुलाई निखारदै लैजाने योजना समेत उनको छ । सीप विकास मार्फत महिलाहरूलाई सशक्तिकरण गर्ने योजनाका साथ बेलो ब्लश अगाडि बढीरहेको छ ।