सुचना, समाचार र मनोरन्जन
Sarangi

नेपाल रेडक्रस सोसाईटी पोखरा १९ उपशाखाद्वारा वृक्षरोपण

पोखरा/

नेपाल रेडक्रस सोसाईटी पोखरा– १९, उपशाखाले लामाचौरमा रहेको भवन परिसरमा वृक्षरोपण गरेको छ । नेपाल रेडक्रस सोसाईटीको ६१ औं स्थापना दिवसको अवसरमा गरिएको कार्यक्रममा निम, वेल, कपुर, पारिजात, तेजपत्ता लगायतका विभिन्न वहुउपयोगी प्रजातिका विरुवा रोपिएको सभापति नवराज पौडेल जानकारी दिए ।

वृक्षरोपण कार्यक्रमको शुरुवात गर्दै पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले मानविय सेवाका क्षेत्रमा नेपाल रेडक्रस सोसाईटीले पुर्याएको योगदान अतुलनिय रहेको वताए । उनले समाज विकास र मानविय सहायतामा हरेक नागरिक जागरुप वन्न सके सिंगो देश नै परिवर्तन हुने वताए ।

प्रमुख आचार्यले उपशाखाले संचालन गरेको विपद व्यवस्थापन कोष तथा स्मारिका प्रकाशन कोषमा सहयोग गर्ने स्पष्ट पारे । उपशाखाका सभापति नवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, उपशाखाका पुर्व सभापति गोविन्द काफ्ले, लगायतले रेडक्रसको भुमिकाको विषयमा चर्चा गरेका थिए ।

सचिव होमनाथ आचार्यले संचालन गरेको कार्यक्रममा रेडक्रसका सात सिद्धान्तको वाचन उपसभापति पवित्रा पौडेलले गरेका थिए । उपशाखाले विपद व्यवस्थापन तथा स्मारिका प्रकाशन कोषका लागी हाल आर्थिक संकलन अभियान चलाएको छ । अभियानवाट करिव १५ लाख संकलन गर्ने लक्ष्य भएको सभापति पौडेलले वताउनुभयो । उपशाखाले सदस्यता वितरणलाई पनि अभियानका रुपमा संचालन गरेको वताईएको छ ।

Leave A Reply

Your email address will not be published.