सुचना, समाचार र मनोरन्जन
Sarangi

नदीका गिटी बालुवा बेलामै उत्खनन नगरे भारत पुग्छ: सांसद सिंह

काठमाडौँ/

प्रतिनिधिसभाको पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंहले नेपालका नदी तथा खोलाबाट गिटी, बालुवा र ढुङ्गा उत्खनन गर्न दिनुपर्ने बताएका छन् ।

सोमबार न्यूज एजेन्सी नेपालले आयोजना गरेको छलफल कार्यक्रममा उनले खोला, नदी र चुरे संरक्षण गरेर क्रसर उद्योग सञ्चालनको लागि आवश्यक गिटी, बालुवा र ढुङ्गा उत्खनन रोक्न नहुने बताएका हुन् ।

नेपालका नदी तथा खोलाको गिटी, वालुवा र ढुङ्गा समयमा नै उत्खनन नगरे बगेर भारत पुग्ने र भारत धनी हुने उनको भनाइ छ ।

‘खोला, नदीका गिटी, ढुङ्गाहरु समयमा नै उत्खनन् गर्न सकेनौं भने बालुवाको रुपमा भारत पुग्छ । त्यहाँबाट हामीले केही पाउँदैनौं । न त व्यवसाय गर्ने व्यवसायीहरुले रोजगारी दिन सक्नुहुन्छ । क्रसर उद्योगमा लागेर हजारौं नागरिकहरुले रोजगारी पाएका छन् । क्रसर उद्योग बन्द भए ती सबै मानिसहरु विदेश जानुपर्ने अवस्था आउँछ । राज्यले राजश्व पनि गुमाउँछ’, उनले भने ।

खोला, नदी र चुरे संरक्षण गरेर खोला नदीको गिटी वालुवा उत्खनन गर्नसक्यो भने रोजगारी र पैसा आम्दानी हुने राप्रपा सांसद सिंहले बताए । ‘अर्ब रुपैयाँ खोलाको गिटी बालुवाबाट आउँछ भने ५० लाख रुपैयाँ खोला संरक्षणको लागि खर्च गर्न आवश्यक छ । यसरी काम गर्नसक्यो भने प्रत्येक वर्ष अर्बौं रुपैयाँ आर्जन गर्न सक्छौं । हजारौं युवाहरुलाई मुलुकमा नै रोजगारी दिनसक्छौं ।’

उनले नेपाल सरकारका मुख्यसचिव, सचिव र योजना आयोगका उपाध्यक्षहरु रिटायर्ड भएपछि पाँच वर्षसम्म विदेशी कम्पनीहरुमा काम गर्न नपाउने व्यवस्था गर्नुपर्ने पनि बताए ।

Leave A Reply

Your email address will not be published.