सुचना, समाचार र मनोरन्जन
IVF New Banner

गायिका आनी छोइङको दमक बाल अस्पताललाई १ करोड ८० लाख सहयोग

काठमाडौँ/

गायिका आनी छोइङ डोल्माले दमक बाल अस्पताललाई एक करोड ८० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेकी छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा आनी छोइङ डोल्मा फाउण्डेसनको तर्फबाट काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका प्रमुख प्रा। डा। भगवान कोइरालालाई उक्त सहयोग राशी प्रदान गरियो ।

Safal

फाउण्डेसनको तर्फबाट आनीका सांगीतिक गुरु तथा गीतकार दुर्गालाल श्रेष्ठले उक्त रकमको चेक प्रा। डा। कोइरालालाई प्रदान गरे । ‘मैले संगीतबाट जुन उपलब्धि हासिल गरें, त्यो हजुरहरुकै कारणले हो । म यो उपलब्धिलाई तपाईंहरुसामु बाँड्न चाहन्छु,’ कार्यक्रममा बोल्दै आनीले भनिन्, ‘सत्कर्म गर्न सके धर्म मिल्छ भन्ने मलाई लाग्छ ।’

IVF Post

स्वस्थ समाज निर्माणका लागि आफ्नो योगदानले मद्दत मिल्ने आशा उनले व्यक्त गरिन् । कार्यक्रममा डा। कोइरालाले नेपालमा बाल स्वास्थ्यको अवस्थाबारे प्रकाश पारेका थिए । एक हजार बालबालिका जन्मिंदा उपचार नपाएर ३३ जनाको मृत्यु हुने तथ्यांक कोइरालाले पेश गरे । ‘ती सबै मृत्यु रोक्न सकिने खालका थिए,’ उनले भने, ‘सोही अनुसार अब संस्थामार्फत सबै प्रदेशमा भौतिक संरचनासहितको स्याटेलाइट बाल अस्पताल सञ्चालन गर्ने लक्ष्य छ ।’

बालबालिकालाई उपचारको अभावबाट हुने क्षति र अपांगताबाट बचाउनु तथा परिवारलाई गरिबीको दुश्चक्रबाट जोगाउनु आफूहरुको उद्देश्य रहेको डा। कोइरालाले बताए । उक्त परियोजनाअन्तर्गत झापाको दमकमा बाल अस्पताल सञ्चालनमा आइसकेको छ । सेवा सुरु भएको चार महिनामै यसले ठूलो संख्यामा बहिरंग र अन्तरंग सेवा प्रदान गरेको उनले जनाए ।

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–७ मा हब अस्पतालको रुपमा बहुविशिष्टकृत बाल अस्तालको निर्माण सुरु भएको पनि उनले जानकारी दिए । आनी छोइङ डोल्माको कुरा गर्दा उनले पछिल्लो समय संगीतमार्फत समाजसेवा गरिरहेकी छन् । नेपाल र भारतमा उनले हालै च्यारिटी कन्सर्ट पनि सम्पन्न गरेकी छन् ।

Leave A Reply

Your email address will not be published.