सुचना, समाचार र मनोरन्जन

भारत र पाकिस्तानबीचको खेल शुरु, ओभर नघट्ने

कठमाडौँ/

एसिया कप क्रिकेटको ुसुपर फोरु मा भारत र पाकिस्तानबीचको खेल शुरु भएको छ । हिजो सोमवार वर्षाका कारण रोकिएको खेल अहिले शुरु भएको हो । वर्षा रोकिएपछि मैदानको निरीक्षण गर्दै अम्पायरहरूले खेलमा ओभर कटौती नहुने बताएका छन् ।

हिजो खेल रोकिँदा भारतले २४ ओभर १ बलमा २ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । भारतले यही अवस्थाबाट ब्याटिङ थालेको छ।

अहिले क्रिजमा विराट कोहली र केएल राहुल छन् । भारत र पाकिस्तानबीचको खेल वर्षाले प्रभावित हुन सक्ने अवस्थामा आजका लागि ुरिजर्भ डेु राखिएको थियो ।

Leave A Reply

Your email address will not be published.