सुचना, समाचार र मनोरन्जन
Sarangi

इन्डो–प्यासिफिक सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा आज भारत जाँदै

काठमाडौँ/

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आज भारत प्रस्थान गर्दै छन् । ुइण्डो–प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्सुमा सहभागी हुन उनी भारतको राजधानी नयाँ दिल्ली जान लागेको सेनाले जनाएको छ ।

१३ औं संस्करणको उक्त कन्फ्रेन्सु असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा ३० भन्दा बढी देशका प्रधान सेनापतिले भाग लिने भारतीय सेनाका अधिकारीहरूले बताएका छन् ।

उनीहरूका अनुसार सम्मेलनको मुख्य उद्देश्य हिन्द–प्रशान्त क्षेत्रका मुलुकबीच साझेदारी एवं सहकार्य, विचार आदानप्रदान र आपसी समझदारी विकास गर्नु हो । सम्मेलनमा आपसी हित र सुरक्षा चासोका विषयमा छलफल हुनेछ ।

आपसी समझदारी, सुरक्षासँग सम्बन्धित सबै विषयमा विचार एवं आपराधिकरआतङ्कवादी गतिविधि हुन नदिन सूचना आदानप्रदान, यस क्षेत्रमा शान्ति एवं स्थायित्व प्रवर्द्धन, आपसी समझदारी र संवादको प्रक्रियालाई निरन्तररुपमा अघि बढाउन सम्मेलन महत्वपूर्ण हुने भारतीय सेनाले जनाएको छ ।

सम्मेलनमा अमेरिका, फ्रान्स र बेलायतलगायत देशका प्रधान सेनापति एवं तिनका प्रतिनिधिले भाग लिने भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

Leave A Reply

Your email address will not be published.