सुचना, समाचार र मनोरन्जन
Sarangi

कविताले गाउँ जाने बाटो निर्माण गर्छ !

पोखरा/
पोखरेली युवा साँस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३६१ औं शृङ्खला पोखरामा सम्पन्न भयो । काव्य सन्ध्यामा परिवारका सल्लाहकार कार्यक्रमका अतिथि बिम्व कवि रमेश श्रेष्ठले ‘कविताले गाउँ जाने बाटो निर्माण गर्ने चेतनाको विकास गर्न सक्ने क्षमता भएको बताए ।’ काव्य सन्ध्यामा प्राज्ञ रमेश श्रेष्ठले तिन दशकसम्म अविछिन्न रूपमा चलेको कविताको अघोषित पाठशालाबाट उत्पादित कविहरू राष्ट्रिय प्रतिभा बनिसकेको चर्चा गर्दै कविताको स्कुलमा कविता सिक्न सकिन्छ, कविले कविताको गौरवसँगै महत्व दर्शाउने काम गर्नुपर्ने बताए ।

काव्य सन्ध्याको ३६१ औँ शृङ्खलामा कविहरू सरस्वती श्रेष्ठ‘सरु’, रुपिन्द्र प्रभावी, लक्ष्मी थापा, दुर्गाबहादुर शाह, शिव सङ्कल्प, देवेन्द्र के।सी।, रामलाल बाटाजु, गीता तिवारी, मुकुन्द वस्ती, विश्व अधिकारी, रोशन रेग्मी, सावित्री गिरी, माधव खतिवडा, ढाकामोहन बराल, चारघरे ठिटो, टेकनाथ पीडित दिपेन्द्र अरुण लगायतलेआआफ्ना सिर्जनाहरु वाचन गरेका थिए । वि।सं। २०५० वैशाखदेखि नियमित रूपमा कविता सुन्ने र सुनाउने मञ्चका रूपमा समता काव्य सन्ध्या परिचित छ ।

परिवारका उपाध्यक्ष रीता अधिकारी ञऋतुझको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत साहित्य संयोजक शरण आँशुले गरेका थिए । कार्यक्रम सन्चालन अर्जुन अधिकारीले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.