सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

पर्यटन दिवसका अवसरमा पोखरामा सडक महोत्सव मनाइने

पोखरा/

विश्व पर्यटन दिवसको अवसरमा पोखरामा विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाउने भएको छ । पर्यटनसँग सम्बन्धीत विभिन्न संघ संस्थाहरुले पोखरा विमानस्थलमा पहिलो पटक आएका पयर्टक र पर्यटन बस पार्कमा पहिलो आउने पर्यटकलाई स्वागत गर्ने तय गरेको छ ।

IVF Big

पर्यटन र हरित लगानी भन्ने नाराका साथ सेक्टेम्बर २७ अर्थात असोज १० गते विभिन्न कार्यक्रम गर्ने गरी तय गरेको हो । पोखरा आउने पर्यटकहरुलाई पञ्चे बाजा, फुलमाला सहित स्वागत गर्ने र साझँ पोखराको लेकसाइडमा मिनि सडक महोत्सव कार्यक्रम, एक दिनको हाइकिङ कार्यक्रमको आयोजना गरेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए ।

पोखराको बाराहीघाटदेखि हल्लनचोकसम्मको २ किलोमिटरको बाटोमा रेष्टुराहरु सडक राख्ने, विभिन्न सांस्कृतक कार्यक्रमहरु गर्ने उनले बताए । सडकमै विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरेर मनोरञ्जन दिने छन् ।

कार्यक्रममा भाग लिनका लागि भारतिय टुर अपरेटर र भारतिय मिडियाकर्मिले पोखराको पर्यटन र पर्यटकीय स्थलका बारेमा छलफल गर्ने उनले बताए । नेपाल आउने पर्यटकमध्ये ४० देखि ६० प्रतिशत पर्यटकहरु पोखरा र अन्नपूर्ण पद यात्राका लागि आउने गरेका छन् ।

Leave A Reply

Your email address will not be published.