सुचना, समाचार र मनोरन्जन
Sarangi

पोखरेली ट्याक्सी सेवा प्रा.लि.को अध्यक्षमा शोभाकान्त पौडेल

पोखरामा सम्पन्न पाचौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले सर्वसम्मत सञ्चालक समिति चयन गरेको हो ।

पोखरा /

पोखरेली ट्याक्सी सेवा प्रा.लि.को अध्यक्षमा व्यवसायी शोभाकान्त पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । पोखरामा सम्पन्न पाचौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले सर्वसम्मत सञ्चालक समिति चयन गरेको हो ।

प्रालिको निबर्तमान अध्यक्षमा प्रकाशमणि तिवारी, वरिष्ठ उपाध्यक्षमा सूर्य थापा, प्रथम उपाध्यक्षमा रामजी घिमिरे, द्वितीय उपाध्यक्षमा पूर्ण गुरुङ निर्वाचित भएका छन् ।

त्यस्तै महासचिवमा युवराज भट्टराई, कोषाध्यक्षमा सुरथ पौडेल निर्वाचित भएका छन् । सदस्यमा युवराज गुरुङ, मधुसुधन पौडेल, डिल बहादुर नेपाली, मदन कुमार सुनार, डुल बहादुर राना {विकास} निर्वाचित भएका छन् ।

सर्वसम्मत अध्यक्षमा निर्वाचित गराउने सम्पूर्ण सदस्यप्रति अध्यक्ष पौडेलले आभार व्यक्त गरेका छन् । ‘सम्पूर्ण व्यवसायीलाई समेटेर व्यावसायिक हकहितमा काम गर्नेछु,’ उनले भनेका छन् ।

कार्यक्रममा बोल्दै निबर्तमान अध्यक्ष प्रकाशमणि तिवारीले प्रालि स्थापनादेखि हालसम्म आफूलाई अध्यक्षमा सहयोग गर्ने र कार्यकाल सफल बनाउन योगदान गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन् । ‘आगामी नेतृत्वलाई सफल बनाउन पनि मेरो आफ्नो तर्फबाट सकारात्मक भूमिका निर्वाह हुनेछ,’ उनले भने ।

Leave A Reply

Your email address will not be published.