सुचना, समाचार र मनोरन्जन
Sarangi

पोखरा फुटवेयर बिजनेस सेन्टरमा ‘दशैं जुत्ता चप्पल मेला’ सुरु

पोखरा/

पोखरामा जुत्ता चप्पलहरुको संयुक्त शोरुम सञ्चालन गर्दै आएको पोखरा फुटवेयर बिजनेस सेन्टरमा दसैं तिहार लक्षित ‘दशैं जुत्ता चप्पल मेला’ सुरु भएको छ ।

बिजनेस सेन्टरको सृजनाचोक शोरुम र सिद्धार्थचोक शोरुम दुवै ठाउँमा मेला अन्तर्गतको छुट अफर लागू भएको सञ्चालक सबिन कार्कीले जानकारी दिए ।


मेलाको अवसरमा जुत्ता चप्पल खरिद गर्दा १५ देखि ६० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने जनाइएको छ । चाडपर्वको अवसरमा उपभोक्तालाई राहत होस् भन्ने उद्देश्यले मेला आयोजना गरेर छुट प्रदान गरिएको कार्कीले जानकारी दिए ।

शोरुममा १० वटा कम्पनीको ३० भन्दा बढी ब्राण्डका जुत्ता चप्पलहरु उपलब्ध छन् । चाडपर्वलाई लक्षित गरी नयाँ मोडलका जुत्ता चप्पल पनि उपलब्ध रहेको बताइएको छ ।

मेला र छुट अफर कात्तिक ४ गतेसम्म जारी रहने आयोजकको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.