सुचना, समाचार र मनोरन्जन
Sarangi

एमाले गण्डकीमा पृथ्वी भर्सेज पद्मा

पोखरा/

अहिले नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन चलिरहेको छ । अधिवेशनको उदघाटन सत्रमा शिर्ष नेताहरुले नेकपा एमाले भित्र गुटको राजनीति सकियो भनेता पनि त्यस्तो देखिदैन । नेकपा एमालेकी सचिव पदमा अर्याल नै गुट बनाउन लागिरहेकी छिन् । पार्टी भित्र लडाई हेर्दा उनको पृथ्वीसुब्बासँग देखिन्छ । पृथ्वीसुब्बालाई एक्ल्याउन पदमा कम्मर कसेर नै लागिपरेकी छिन् । उसो त पार्टी भित्र लडाई स्थायी कमिटी सदस्य खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङ बीच पुरानै हो । तर गण्डकीको अहिलेको अधिवेशनले पदमाको लडाई पृथ्वीसुब्बासँग प्रष्टै झल्काएको छ । पदमा अर्याल, खगराज अधिकारी र किरण गुरुङ एक भएर उभिएका छन् । जसलाई पार्टीका महासचिव शंकर पोखरेल सहित नेकपा एमालेका दुई तिहाई भन्दा बढी केन्द्रिय सदस्यहरुको साथ रहेको एक स्रोतले जनाएको छ ।

गण्डकी अधिवेशनमा दुई प्यानल तयार भएका छन् । मायानाथ अधिकारी र नवराज शर्माको प्यानल नै तयार भएको हो । मायानाथलाई पदमा, खगराज र किरण सँगै महासचिव पोखरेलको साथ छ भने नवराजलाई पृथ्वीसुब्बाको मात्रै । नवराज शर्मालाई एकपटक अवसर दिनुपर्ने पक्षमा गुरुङ उभिएपछि पोखरेल फरक प्यानल निर्माणमा सक्रिय भएको बुझ्नमा आएको छ ।

मायानाथ अधिकारीलाई सर्वसम्मत प्रदेश अध्यक्षको प्रस्तावमा पृथ्वीसुब्बा नमानेपछि उनलाई एक्ल्याउन महासचिव शंकर पोखरेल, सचिव पदमा अर्याल, खगराज अधिकारी र किरण गुरुङ एक भएको बताइएको छ ।

मायानाथ अधिकारीको प्यानलमा उपाध्यक्ष तर्फ नवलपुरका बाबुराम विक, सचिवमा कास्कीका रश्मि आचार्य, उपसचिवमा म्याग्दीका सन्तोष रावल र उपसचिव महिलामा कास्कीकी मिना गुरुङ रहेका छन् । यता नवराज शर्माको प्यानल तर्फ उपाध्यक्षमा स्याङजाका मीनप्रसाद गुरुङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, उपसचिवमा कास्कीका दामबहादुर विक र उपसचिवमा महिलामा पर्वतकी मञ्जु अधिकारी रहेका छन् । यसरी अघोषित प्यानल तयार भएको हो ।

अहिले मनोनीत दर्ता भइरहेको छ र साँझ सवा ५ बजेदेखि मतदान प्रक्रिया सुरु गर्ने तयारी छ । गण्डकीमा ११ जिल्ला र जनसंगठनबाट ९ सय ७ जना प्रतिनिधि आएका छन् ।

Leave A Reply

Your email address will not be published.