सुचना, समाचार र मनोरन्जन

खड्गबहादुर पुनमगर अभिनित फिल्म ‘चिट्ठी’ को फस्ट लुक सार्वजनिक

काठमाडौं :

निर्माण कम्पनी एरा प्रोडक्सनले आफ्नो नयाँ फिल्म ‘चिट्ठी’को फस्ट लुक सार्वजनिक गरेको छ । कमेडी, सस्पेन्स तथा थ्रिलर जनरामा बनेको फिल्मलाई सञ्चारकर्मी समेत रहेकी निर्माता कमला जोशीले सार्वजनिक गरेकी हुन । माधव राज खरेलको लेखन र निर्देशन रहेको उक्त फिल्ममा अनिता कुँवर र कृष्णा आचार्यले एसोसियट निर्माताको रुपमा रहेका छन् भने सह–निर्माता समिर खान रहेका छन् ।

फिल्ममा प्रमुख कलाकारका रुपमा सञ्जित भण्डारी, खड्गबहादुर पुनमगर खवपु, गोपाल ढकाल छन्दे, नवराज थापा, मुस्कान लामा, प्रवन भुसाल, कञ्चन चालिसे, नम्रता खरेल पौडेल रहेका छन् भने विशेष भुमिकामा वरिष्ठ कलाकार मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविलसिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Pach Pandav

सरोज कोइरालाको संगीत रहेको फिल्ममा शिव परियार, बेनिषा पौडेल, बसन्त अर्यालको स्वरमा रहेको छ छ भने डा.कृष्णहरि बराल र कमला जोशीले गीत लेखेका छन्। फिल्ममा एउटा शिव ताण्डव भजन समेत समावेश गरिएको छ। जसमा संगीत संगीतकार राजेन्द्र बजगाईंले गरेका छन् ।

जीवन पराजुली एबम् राजन खरेलको छायाङ्कन, किरण दाहालको द्धन्द्ध निर्देशन, कृष्ण बहादुर कार्की प्रोडक्सन डिजाइनर, अमृत चापागाई पोष्टर एवम् साहिल खान पब्लिसिटी डिजाईनरका रुपमा रहेको फिल्मलाई काठमाडौं,काभे्रपलाञ्चोक,ललितपुर लगायत विभिन्न स्थानमा खिचिएको छ।

अच्यूत बजगाइ र माधव खरेलले सम्पादन गरेको फिल्ममा समिर मियाँको कलर तथा भिएफ्एक्स,पुस्कर खत्रीको ब्याकराउण्ड म्यूजिक स्कोर, मनोज परियारको साउण्ड मिक्सिङ तथा अमित श्रेष्ठको फाइभ इन वान साउण्ड मिक्सिङ तथा डिजाईन रहेको छ । फिल्म अर्को वर्ष अर्थात सन् २०२४ भित्रै प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.