सुचना, समाचार र मनोरन्जन

भाइटीकाको दिन काठमाडौँ उपत्यकामा असिनासहित वर्षा

काठमाडौँ,

तिहारको मुख्य दिन अर्थात् भाइटीकाको अवसरमा बुधबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेघगर्जन र असिनासहित वर्षा भएको छ । दिउँसोपछि काठमाडौँको मौसममा अचानक परिवर्तन आई वर्षा सुरु भएको हो।

उपत्यकाका बुढानीलकण्ठ, कपन, काँडाघारी, गौशाला, चाबहिल लगायतका स्थानमा असिनासहितको वर्षा भएको छ । वर्षाका कारण भाइटीकाको दिन आवतजावत गर्ने सर्वसाधारण तथा दिदीबहिनी र दाजुभाइहरू प्रभावित भएका छन् ।

Pach Pandav

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । सोही मौसमी प्रणालीका कारण काठमाडौँसहित पहाडी भूभागमा बदली र वर्षा भएको हो ।

महाशाखाले आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रही थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै, अन्य पहाडी भूभाग तथा मधेस प्रदेशमा पनि आंशिक बदली रहने र बाँकी तराई भूभागमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

Leave A Reply

Your email address will not be published.