सुचना, समाचार र मनोरन्जन
Sarangi

१९ वर्षमुनिको एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने

काठमाडौँ/

एसीसी १९ वर्षमुनिको एसिया कपको खेल तालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिल ९एसीसी० ले आज बुधवार १९ वर्षमुनिको एसिया कपको तालिका सार्वजनिक गरेको हो ।

नेपाल समूह ए मा परेको छ । यो समूहमा नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले पहिलो खेलमा पाकिस्तानसँग डिसेम्बर ८ मा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा अफगानिस्तानसँग डिसेम्बर १० मा खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेलमा भारतसँग डिसेम्बर १२ मा खेल्नेछ ।

यसअघि मलेसियामा भएको एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेट कपको उपाधि जित्दै नेपालले एसिया कपमा स्थान बनाएको थियो । यस्तै यूएई उपविजेता र जापाना तेस्रो स्थानमा रहँदै एसिया कपमा पुगेका हुन् ।

नेपालले सन् २०२४ को जनवरीमा श्रीलङ्कमा १९ वर्षमुनिको विश्वकप खेल्दैछ । त्यसकै तयारीका लागि नेपालले एसिया कप खेल्न लागेको हो ।

Leave A Reply

Your email address will not be published.