सुचना, समाचार र मनोरन्जन

पोखराको सेती नदीमा बन्ने ‘सिग्नेचर पुल’को भौतिक पूर्वाधार मन्त्री ज्वालाले गरे शिलान्यास

पृथ्वी राजमार्ग अन्तर्गत पर्ने उक्त पुलको शनिबार एक कार्यक्रमकाबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गरेका हुन् । मन्त्री ज्वालाले विकास निर्माणका काममा समयमा सम्पन्न नहुने समस्यालाई ध्यान दिदै समयमै पुल निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिए ।

पोखरा /

पोखराको सेती नदीमा बन्ने ‘सिग्नेचर’ पुलको शिलान्यास गरिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत पर्ने उक्त पुलको शनिबार एक कार्यक्रमकाबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गरेका हुन् ।

शिलान्यास कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाले पुल निर्माण भए पछि पर्यटकिय नगरी पोखराको यातायात प्रणालीमा सुधार हुने अपेक्षा ब्यक्त गरेका छन् । मन्त्री ज्वालाले विकास निर्माणका काममा समयमा सम्पन्न नहुने समस्यालाई ध्यान दिदै समयमै पुल निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिए ।

यस्तै कार्यक्रममा बोल्दै पोखरा महानगरका प्रमुख धनराज आचार्यले समयमा पुलको निर्माण सम्पन्न गर्न स्थानीय सरकारको तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गरिने प्रतिवद्धता जनाए ।

एसियाली विकास बैंकको आर्थिक सहयोगमा राजमार्ग स्तरोन्नतीको काम दुइ खण्डमा विभाजन गरेर निर्माण भइरहेको छ । राजमार्ग स्तरोन्नीको काम भने निकै सुस्त गतिमा भइरहेको छ ।

सेती नदीमा अहिले रहेको पुलको दायाँ बायाँ दुइ-दुइ लेनका दुइ वटा पुल बन्ने सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । राजमार्ग ६ लेनमा विस्तार हुदै छ सोही अनुसार सेती नदीमा पनि छ लेनको पुल बन्ने महानिर्देशक ढकालले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनका साइट इन्जिनियर सुदर्शन देवकोटाले तोकिएको समय भित्र पुल निर्माण सम्पन्न गर्ने प्रतिवद्धता गरे । ‘केबल–स्टेड’ प्रविधिका दुवै पुलको लम्बाई १९०/१९० मिटर रहने छ ।

२०७९ साउनमा ठेक्का सम्झौता भए पनि डिजाइन स्वीकृत गर्न र निर्माणस्थल क्लियर नहुदा ढिलो गरी काम सुरु भएको देवकोटाले बताए । निर्माणको सम्झौता अवधि तीन वर्षको रहेको छ । पुलको लागत भ्याट र पएिससहित १ अर्ब ७२ करोड रहेको छ ।

एसियाली विकास बैंकको आर्थिक सहयोगमा राजमार्ग स्तरोन्नतीको काम दुइ खण्डमा विभाजन गरेर निर्माण भइरहेको छ । राजमार्ग स्तरोन्नीको काम भने निकै सुस्त गतिमा भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.