सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

चोभार सुक्खा बन्दरगाह मासिक ४ लाख ८० हजार रुपैयाँ भाडामा

काठमाडौँ/

डेढ अर्ब रुपैयाँभन्दा धेरै लागतमा बनेको काठमाण्डौको चोभार सुक्खा बन्दरगाह सरकारले निकै कम रकममा निजी कम्पनीलाई भाडामा दिएको छ । बन्दरगाहको व्यवस्थापन गरिरहेको इन्टरमोडल यातायात विकास समितिले खुला प्रतिस्पर्धाबाट नेपाल फ्रेट सर्भिस जेभीलाई जम्मा दुई करोड ८८ लाख रुपैयाँमा पाँच वर्षका लागि भाडामा दिएको हो ।

IVF Big

विकास समितिले आह्वान गरेको ग्लोबल टेन्डरबाट बन्दरगाह सञ्चालनका लागि दुई वटा कम्पनीले आवेदन दिएकामा नेपाल फ्रेट सर्भिस जेभीले उच्च मूल्य बोलकबोल गरेको थियो । कम्पनीले सरकारलाई पाँच वर्षमा दुई करोड ८८ लाख रुपैयाँ भाडा बुझाउने छ । कम्पनीले मासिक चार लाख ८० हजार रुपैयाँ मात्रै सरकारलाई बुझाउनेछ ।

माल वस्तु आयात र निर्यातका लागि भन्सार, क्वरेण्टीन, सुरक्षासहितको सबै पूर्वाधार रहेको बन्दरगाहमा पाँच सय कन्टेनर र पाँच सय वटा ट्रक अट्ने क्षमता छ । काठमाण्डौ केन्द्रित व्यापारका लागि भारत र चीनको समुद्री बन्दरगाहबाट आउने मालसामान बोकेका कन्टेनर सिधै काठमाण्डौ आउन सक्ने र स्वस्देशी वस्तु निर्यात पनि यही बन्दरगाहबाट हुने योजनाका साथ निर्माण भएको थियो ।

Leave A Reply

Your email address will not be published.