सुचना, समाचार र मनोरन्जन

कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँः महामन्त्री पौडेल

तनहुँ,

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील रहेको बताएका छन्।

नेपाली कांग्रेस म्याग्दे गाउँकार्य समितिले आज आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले जनताले अझै पनि कांग्रेसप्रति अपार माया र विश्वास रहेको उल्लेख गरे।

Pach Pandav

राष्ट्रिय जिम्मेवारीलाई बिर्सेर पार्टीकै मात्रै विषयमा अल्झिन नहुने धारणा व्यक्त गर्दै महामन्त्री पौडेलले पार्टीलाई एकताबद्ध बनाउँदै राष्ट्रिय जिम्मेवारी पूरा गर्ने विषयमा पनि उत्तिकै ध्यान दिनुपर्ने धारणा राखे ।

कांग्रेसले निरन्तर रूपमा आफ्नो जिम्मेवारी पूरा गर्दै आएको बताउँदै उहाँले लोकतन्त्रप्रति जिम्मेवार पार्टीका रूपमा कांग्रेस रहेको जिकिर गरे । जनताले कानुनी राज्यको अनुभूति गर्ने गरी सरकारले काम गर्नुपर्ने उनको भनाइ थियो ।

आगामी स्थानीय र प्रदेश निर्वाचनमा गठबन्धन नगर्ने स्पष्ट पार्दै पौडेलले आफूहरूलाई सत्ताको लोभ नरहेको बताए। जनतामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उनले जनताको विश्वास कायम राख्न पार्टीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्र्ने धारणा व्यक्त गरे ।

Leave A Reply

Your email address will not be published.