सुचना, समाचार र मनोरन्जन

महेश त्रिपाठी र सिम्रन खड्काको मुख्य भूमिका रहने ‘छायाँको जीत’को शुभमुहूर्त

काठमाडौं :

अभिनेता महेश त्रिपाठी र अभिनेत्री सिम्रन खड्का मुख्य भूमिकामा रहने नेपाली फिल्म ‘छायाँको जीत’को शुभमुहूर्त गरिएको छ। मंगलबार काठमाडौंको मैतिदेवी मन्दिरमा क्यामेरा तथा पटकथा पूजा गर्दै निर्माण पक्षले फिल्मको औपचारिक सुरुवात गरेको हो।

Pach Pandav

भारतीय निर्देशक शिव शोहितको निर्देशनमा निर्माण हुने फिल्म विशुद्ध प्रेमकथामा आधारित रहनेछ। जिथ्रीएस फिल्म्सको ब्यानरमा बन्ने फिल्ममा महेश र सिम्रनसँगै विजय देउजा,इच्छा सिंह, कविता आले, सुदीप पौडेल,राजु कार्की,प्रतीक चौधरी मनोज भेटवाल तथा बालकलाकार अनामा बम र केशव रोकायालगायतको अभिनय रहनेछ।

निर्माण पक्षका अनुसार फिल्मको छायांकन आगामी मंसिर ४ गतेदेखि सुरु हुनेछ। ३० दिनको छायांकन तालिका तय गरिएको फिल्मको अधिकांश दृश्य काठमाडौं उपत्यकामा खिचिनेछ।फिल्मको कथा तथा पटकथा निर्देशक शोहित स्वयंले तयार पारेका हुन्। भारतीय मनोरञ्जन क्षेत्रमा १५ वर्षभन्दा लामो अनुभव बटुलेका शोहितले ‘मृगजा’ (२०२२), ‘तेरी लाडली मैं’ (२०२१) र ‘लाल इश्क’ (२०१८) लगायतका परियोजनामा काम गरिसकेका छन्। उनले ‘क्राइम पेट्रोल डायल १००’, ‘फियर फाइल्स’ र ‘प्यार के पापड’ जस्ता टेलिभिजन धारावाहिकमा समेत काम गरेका छन्।

फिल्मका निर्माता सुदीप पौडेल र कार्यकारी निर्माता अनुप ढकाल हुन्। उत्सव दाहालले छायांकन निर्देशनको जिम्मेवारी सम्हाल्नेछन् भने संगीतमा योगेश काजी र शिव शोहितको संयुक्त योगदान रहनेछ। फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले गर्नेछन्। त्यस्तै, सुजन केसी सहनिर्माता, ईश्वर घिमिरे निर्माण व्यवस्थापक, रोयल भीमसेन प्रचार सामग्री तथा पोस्टर डिजाइन प्रमुख र रोशन दीवाना कला निर्देशकका रूपमा फिल्ममा आबद्ध छन्।

Leave A Reply

Your email address will not be published.