सुचना, समाचार र मनोरन्जन

लभस्टोरी कथा बन्ने भयो ‘मोहनी’,आशिर्वाद र सनिशाले थाले चितवनमा सुटिङ

काठमाडौँ :

एक्सन लभ स्टोरी विधामा निर्माण हुने फिल्म‘मोहनी’को छायाङ्कन आजदेखि चितवनबाट सुरु भएको छ। विजय ब्लोन तामाङको निर्माण तथा गोविन्द सिंह भण्डारीको निर्देशनमा बन्न लागेको यो फिल्म एक्सन र प्रेमकथामा आधारित हुनेछ।

Pach Pandav

मोभिरा इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायाङ्कन ६० दिनसम्म चल्ने निर्माता विजयले जानकारी दिए। उनका अनुसार चितवनबाट सुरु भएको छायाङ्कन मुस्ताङ,मुक्तिनाथ,पोखरा र काठमाडौंलगायतका रमणीय स्थानमा गरिनेछ।‘कथाको माग अनुसार नै हामीले कलाकार छनोट गरेर फिल्मको छायाङ्कन आजदेखि सुरु गरेका छौँ। दर्शकसम्म एउटा राम्रो फिल्म पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेका छौँ’, निर्माता विजयले भने।

फिल्ममा आशिर्वाद क्षेत्री, सनिशा भट्टराई, सरोज खनाल, निमा पाण्डे, विजय ब्लोन, देवकुमार श्रेष्ठ, रञ्जना भट्टराई, रिस्ता अधिकारी, कर्मा लामा, सुरक्षा इटनी, उत्पल झा लगायतका कलाकारको अभिनय रहनेछ।फिल्मको कथा विजय ब्लोन तामाङले लेखेका हुन् भने पटकथा तथा संवाद सामीप्यराज तिमल्सेनाको रहेको छ। फिल्मका निर्माता पनि विजय नै हुन्। फिल्ममा महेश पौडेलको छायाङ्कन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा विक्रम स्वार र किरण थापाको नृत्य निर्देशन रहनेछ। फिल्ममा मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने र प्रोडक्सन म्यानेजरमा तेजबिक्रम केसी छन्।

Leave A Reply

Your email address will not be published.