काठमाडौँ :
भारतीय गायक अरिजित सिंहको कन्सर्टका लागि १९ हजारसम्मको टिकक बिक्री भएको छ। एउटा व्यतिले उनको पफमेन्स हेर्नका लागि एउटा मान्छेले १९ हजारसम्मको टिकट काटेका थिए। काठमाडौंको हायात होटलको खुल्ला स्थानमा हिजो साँझ कन्सर्ट भएको थियो। उनी पहिलो पटक कन्सटृका लागि नेपाल आएका हुन्।
आयोजकले साधारण र भिआईपी गर्दै टिकटको दर सामान्यतर्फ ६ हजार ५ सय, फ्यानपिट नाम दिइएकोलाई ११ हजार र भिआईपी टिकटको दर १९ हजार राखिएको थियो। उनको कार्यक्रम हेर्नका लागि महँगो टिकट काट्ने दर्शकको २० हजार भन्दा बढि रहेका थिए। अरिजितले नेपाली र हिन्दी आफ्ने गीत गाएर दर्शकलाई मनोरञ्जन दिलाए। पियानोमा ‘आशिकी’ फिल्मको धुनसँगै ‘तुम हि हो’बोलको गीतबाट गाउन सुरु गरेका थिए।
उनले त्यसपछि ’केसरिया तेरा’, ’जो तुम ना हो’ ’बेखयाली’, ’प्यार झुठा था तो’, ’केहेते हे खुदा ने इस’, ’अगर तुम साथ हो’, ’ए दिल हे मुस्किल’, ’तेरा प्यार मे’, घुंगरू टुट गए’ लगायत केहि नेपाली गीत समेत गाएर दर्शक झुमाए। खुट्टामा समस्या देखिएको देखिता पनि उनले वास्तै नगरी नेपाली दर्शकलाई मनोरञ्जन दिलाए।