सुचना, समाचार र मनोरन्जन
Sarangi

दशनामी समाज युवा समिती कास्कीले गर्यो रक्तचाप सम्बन्धि सचेतना कार्यक्रम

पोखरा/

नेपाल दशनामी समाज युवा समिती कास्कीद्वारा उच्च रक्तचाप सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । बैदाम स्थितू केदारेस्वर मन्दिर परिसरमा आयोजना भएको कार्यक्रममा मन्दिरमा रहेका बटुकहरुको रक्तचाप परिक्षण तथा उच्च रक्तचाप सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको
अध्यक्ष सरस्वती पुरीले जानकारी दिइन् । उनका अनुसार गुरु सङ्गै बटुक गरि ४० जनाको परिक्षण गरिएको हो ।

कार्यक्रममा समाजका उपाध्यक्ष दिपक गिरी,कोषाध्यक्ष सिम्रन गिरी सदस्यहरु शिव गिरी ,कृती गिरी ,कामना गिरी र कृष्ण गिरीको सहभागिता थियो। स्वास्थ सम्बन्धी सचेतना कार्यक्रम पाएकोमा मन्दिरका गुरु सुवास शर्माले खुसी व्यक्त गरे ।

Leave A Reply

Your email address will not be published.