सुचना, समाचार र मनोरन्जन
Sarangi

ईन्टरनेशनल कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीको आकर्षक छात्रवृत्ति

पोखरा/
स्थापना कालदेखि नै विश्वस्तरिय बेलायतको शिक्षा पढाउँदै आएको ईन्टरनेशनल कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी पोखराले हरेक वर्ष विद्यार्थीहरुलाई आर्कषण छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र बेलायतको यूनिभर्सिटी अफ सन्दरल्याण्ड बाट सम्बन्धन प्राप्त पोखरा १५ अन्नपूर्ण मार्गमा अवस्थित कलेजले विविए, वि.एच.एम,विएसी र आईटी कार्यक्रम संचालन गर्दै आएको छ । ईन्टरनेशनल कलेजमा अध्यन गर्न ईच्छुक निम्न मध्यम वर्ग, मेहनती, लगनशिल विद्याथीहरुका निम्ति अधिकतम एक सय प्रतिशत सम्म छात्रवृत्ति उपलव्ध गराउदैँ आएको जनाएको छ ।

ईन्टरनेशनल कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीमा अध्यन गरीसकेपछि विद्यार्थीहरु सम्बन्धित क्षेत्रमा दक्ष जनशक्तिको रुपमा काम गर्न तथा आफ्नो व्यापार व्यवसाय गर्न सक्षम भएर निस्कने कलेज स्रोतको दावी छ । उक्त कलेजमा २ वर्ष अध्यन पश्चात यूके, अष्ट्रेलिया तथा क्यानेडा क्रेडिट ट्रान्सफर गर्न सकिने समेत सुविधा छ ।

ईन्टरनेशनल कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ग्रुप अन्र्तगत नेपालका प्रमुख शहरहरु चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि यसका कलेजहरु सञ्चालनमा छन् ।

Leave A Reply

Your email address will not be published.