काठमाडौं :
कलाकारहरु आफ्नो जन्मदिन फरक फरक तरिकाले मनाउने गरेको छन्। कोही साथीभाईबीच पार्टीको आयोजना गरेर त कोही घरमा नै केट काटेर मनाउने गरेको छन्। तर, म्युजिक भिडियो निर्देशक निरेश श्रेष्ठले भने फरक तरिकाले आफ्नो जन्म दिन मनाएका छन्।
उनले सोमबार जन्मदिनको अवसर पारेर मातृ नेपाल बालगृह मुड्खु भन्ज्याङमा आस्रित बालबालिकाहरुका लागि २० थान सिरक बितरण तथा भोजन गराएर मनाएका हुन् । एकदशक भन्दा बढी समय देखि कला क्षेत्रमा सक्रिय उनि कलाकारिताको माध्यमबाट पछिल्लो समय म्युजिक भिडियो निर्देशन यात्रा सुरु गरेका निरेन सामाजिक कार्यमा पनि सकृय छन् ।