काठमाडौं :
चलचित्र ‘पाँच पाण्डव’ले युनिभर्सल सर्टिफिकेट पाएको छ। केन्द्रीय चलचित्र जाँच समितिले आज बिहान ‘पाँच पाण्डव’ले युनिभर्सल सर्टिफिकेट प्रदान गरेको हो। युनिभर्सल सर्टिफिकेट पाएसँगै यो सिनेमा जुनसुकै उमेर समूहका दर्शकले हेर्न सक्नेछन्।

स-परिवार सँगै बसेर हेर्ने सिनेमा बनेको निर्माणपक्षले बताएको छ। वर्षकै प्रतिक्षित भनेर निर्माणपक्षले दाबी गरेको सिनेमा यही कात्तिक २० गतेबाट प्रदर्शन हुँदैछ। चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरेका छन्। ‘पाँच पाण्डव’मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरी, दीपाश्री निरौला,सरिता गिरी,विनोद न्यौपाने,रमा थपलिया,प्रशान्त ताम्राकार,सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायतको पनि मुख्य भूमिका रहेको छ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमायो चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्। उनले यसअघि गतवर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए। चलचित्रको निर्मातामा काली रानी श्रेष्ठ छिन्।‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ। यो चलचित्र ‘सोसल ड्रामा’ भएको लेखक पौडेलले स्पष्ट पारेका छन् । उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्वलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।
यो चलचित्रलाई श्याम तामाङले खिचेका छन्। चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन तथा फाइट डाइरेक्टरमा सम्राट बस्नेत छन्। गम्भीर विस्ट र विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ। ‘पाँच पाण्डव’मा दर्शकले पूरै साउन्ड डल्बी एटमस साउन्ड अनुभव गर्न पाउने छन्। चलचित्रमा अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन,सुजिल कर्माचार्यको बिजिएम, पुकार धिमालको भिएफएक्स, रोहित राज गौतम एचओपी र बिष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन्। चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। यो चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ।