सुचना, समाचार र मनोरन्जन
Sarangi

काँग्रेस गण्डकी प्रदेशको सम्मेलनमा उठ्यो संघीयताको औचित्य माथि प्रश्न

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्रदेश सरकार अधिकार विहिन हुँदा केही गर्न नसके जस्तो देखिएको उल्लेख गरे । केन्द्रमा भएका पार्टीका नेताहरुको नालायिकीपनले गर्दा आफुले गाली खानुपरेको बताए । “अधिकार केहि नदिने, प्रदेश चलायमान बनाउन कानून नबनाउने अनि प्रदेशले काम गर्न सकेन भन्ने, यो नालायिकीपन हो ।”, उनले भने । संघीयतामा ठूलो प्रहार प्रदेशमा भएको अभिव्यक्ति उनको छ । अभ्यास राम्रो गरे व्यवस्था नराम्रो नभएको उनले बताए । प्रदेशलाई चाहिने आवश्यक कानून संघले बनाउन नसक्दा समस्या देखिएको भनाई उनको छ । उनले आफु मुख्यमन्त्री भएको ८ महिना पुगेको र यो अवधिसम्म काँग्रेस गिर्ने खालको काम नगरेको बताए । प्रदेशलाई चलायमान बनाउन ५ खर्ब बजेट चाहिने आवश्यकतालाई औंल्याएका छन् ।

सन्तोष बस्याल
पोखरा ।

नेपाली काँग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनको पहिलो दिन संघीयताको औचित्य माथि प्रश्न उठेको छ । केन्द्रिय सदस्य शंकर भण्डारीले प्रदेश सरकारको औचित्यका विषयमा बोलेका थिए । प्रदेश संरचना महङ्गो भएको भन्दै खारेज गर्नुपर्ने भनाई उनको थियो । वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्दै निर्वाचन प्रणाली नै संशोधन गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याए ।

पार्टीका शिर्ष नेतालाई इंकित गर्दै उनले भने,“जिम्मेबारी पदमा बस्ने अनि पार्टी चलायमान भएन भन्नु मुर्खता हो । कर्तव्यबोध नभए जस्तो लाग्यो ।” उनले बाहिर बोलेर मात्रै केही नहुने पार्टी भित्र बोल्नुपर्ने आवश्यकतालाई इंकित गरेका छन । भण्डारीले आगामी चैत महिना सम्ममा अहिलेको संविधान खारेज हुनसक्ने जिकिर गरे । यस्तो भन्दै गर्दा आफुसँग स्रोत समेत भएको दाबी उनको थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्रदेश सरकार अधिकार विहिन हुँदा केही गर्न नसके जस्तो देखिएको उल्लेख गरे । केन्द्रमा भएका पार्टीका नेताहरुको नालायिकीपनले गर्दा आफुले गाली खानुपरेको बताए । “अधिकार केहि नदिने, प्रदेश चलायमान बनाउन कानून नबनाउने अनि प्रदेशले काम गर्न सकेन भन्ने, यो नालायिकीपन हो ।”, उनले भने ।

संघीयतामा ठूलो प्रहार प्रदेशमा भएको अभिव्यक्ति उनको छ । अभ्यास राम्रो गरे व्यवस्था नराम्रो नभएको उनले बताए । प्रदेशलाई चाहिने आवश्यक कानून संघले बनाउन नसक्दा समस्या देखिएको भनाई उनको छ । उनले आफु मुख्यमन्त्री भएको ८ महिना पुगेको र यो अवधिसम्म काँग्रेस गिर्ने खालको काम नगरेको बताए । प्रदेशलाई चलायमान बनाउन ५ खर्ब बजेट चाहिने आवश्यकतालाई औंल्याएका छन् ।

सुरेन्द्र पाण्डे

नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले शंकर भण्डारीको अभिव्यक्ति प्रति कटाक्ष हान्दै चैत महिनामा यो वर्षको अन्त्य बाहेक केही नहुने भन्दै प्रस्तुत भए । उनले रुख चिन्ह विरुद्धमा लाग्नेलाई निर्ममपूर्वक कारबाही गर्नुपर्ने बताए । उनले संघीयताको बारेमा पहिलो निर्णय गर्ने पार्टी काँग्रेस भएकाले प्रदेश खारेजीको माग गर्नु मुर्खता भएको बताए । कानून बनाएर प्रदेश चलायमान बनाउन काँग्रेस लाग्नुपर्ने आवश्यकतालाई उनले जोड दिएका छन् । उत्तेजना, घृणा, निषेधको राजनीति गर्ने जो भएपनि हरेक समय समालिने राजनीति गर्ने काँग्रेस भएको बताउँदै उनले अबको ४८ महिना सम्ममा विकासको गतिलाई तिव्र रुपमा अगाडि बढाउन काँग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उल्लेख गरे ।

गगन थापा

महामन्त्री विश्व प्रकाश शर्माले नयाँ विश्वास तर पुरानो भावनाको काँग्रेसको आवश्यकतालाई औंल्याएका छन् । उनले पार्टी भित्र नै अन्तरविश्वासको खाँचो रहेको उल्लेख गरे । पद लिन होड गर्ने तर काममा जोड नगर्दा पछाडि पर्नुपरेको भनाई उनको छ । ‘जनताको कुरा हामीले सुनेनौं, जनताबाट हाम्रो दुरी बढ्यो, त्यसैले रुपान्तरण आवश्यक छ ।’, उनले भने । काँग्रेस नभई काँग्रेसी बदल्निुपर्ने उनले बताए । देशमा अहिले संकट नभई समस्या भएको र उक्त समस्याको समाधान काँग्रेसले नै गर्ने दाबी उनको छ । काँग्रेस मिसन २०८४ को लहलहैमा नभई वर्तमान अवस्थाको सुदृढिकरणको बाटोमा अग्रसर रहेको उल्लेख गरे ।

विश्व प्रकाश शर्मा

काँग्रेस नेता शेखर कोइरालाले संघीयताको व्यवस्था राम्रो भएको तर केन्द्रले प्रदेशलाई अधिकार विहिन बनाउँदा खुम्चिनुपर्ने बाध्यात्मक अवस्थाले संघीयताको औचित्य माथि प्रश्न उठेको उल्लेख गरे । अधिकार विहिनको संघीयता चलाउन गाह्रो हुने भएकाले अधिकार सहितको संघीयताको आवश्यकतालाई उनले औंल्याएका छन् । गठबन्धनले गर्दा काँग्रेसमा समानुपातिक मत घटेको भन्दै अब काँग्रेस एक्लै लड्न सक्ने अवस्थाको सिर्जना गर्नुपर्ने उनले बताए । देश विकासको आधार कृषि, पर्यटन र जलस्रोत भएकाले काँग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने भनाई उनको छ ।

केन्द्रिय सदस्य प्रदीप पौडेलले कम्युनिष्टसँग मिलेर चुनाव लड्दा नागरिक भड्किएको बताए । सुशासन कायम हुन नसक्दा जनता मारमा परेको अभिव्यक्ति उनको छ । उनले शिर्षनेताहरुलाई त्यागको राजनीति गर्न अनुरोध गरेका छन् । सत्तामा बसेर राम्रो काम गरे आगामी निर्वाचनमा कसैसँग मिल्नुनपर्ने उनले बताए ।

नेपाली काँग्रेसका पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले पार्टीको आदर्श, सिद्धान्तलाई आत्मसाथ गर्दै अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले पार्टीलाई एकताबद्ध तवरले अगाडि बढाउन सबै अग्रसर हुनुपर्ने आवश्यकतालाई औंल्याएका छन् ।

शेरबहादुर देउवा

नेपाली काँग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले पार्टीको विरासत घटदै गएको र यसलाई उचो राख्न नेतृत्वलाई दबाब दिन प्रदेश सम्मेलन गरिएको बताए । उनले जनतालाई मालिक बनाउन काँग्रेस सच्चिन आवश्यक रहेको उल्लेख गरे । व्यक्ति भन्दा ठूलो पार्टी, पार्टी भन्दा ठूलो देश भएको बताउँदै जनताको सेवक भएर काँग्रेसका जनप्रतिनिधिले काम गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । पार्टीलाई सुधार्ने दिशामा लाग्न केन्द्रीय सभापति देउवालाई शर्माको आग्रह छ । कार्यक्रममा उपसभापति धनराज गुरुङ,सह—महामन्त्री जीवन परियार, शंशाक कोइराला, गोपालमान श्रेष्ठ, रोमी गौचन लगायतका नेताहरुले बोलेका थिए । प्रदेश सम्मेलन बुधबार सम्म चल्नेछ ।

शुक्रराज शर्मा
Leave A Reply

Your email address will not be published.