सुचना, समाचार र मनोरन्जन

पोखरामा ‘रोजगार मेला-२०२६’ हुँदै: युवाहरुलाई रोजगारी र करियर निर्माणको सुनौलो अवसर

पोखरा,

सीप, अवसर र रोजगारीू भन्ने मूल नारासहित रोजगार मेला–२०२६ असार १९ गते अर्थात (३ जुलाई २०२६) गते पोखराको बुलौंदीस्थित पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने भएको छ।

पोखरा महानगरपालिका अन्तर्गतको व्यवसाय प्रवर्द्धन केन्द्रको आयोजनामा हुन लागेको यस रोजगार मेलाले रोजगारीको खोजीमा रहेका युवा, दक्ष जनशक्ति, नयाँ अवसरको खोजीमा रहेका विद्यार्थी तथा आफ्नो व्यावसायिक भविष्य निर्माण गर्न इच्छुक सबैलाई एकै थलोमा रोजगारदातासँग प्रत्यक्ष भेटघाट गर्ने अवसर प्रदान गर्ने व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरका प्रमुख कार्यकारी निर्देशक नवराज अधिकारीले जानकारी दिए ।

Chaka Panja

मेलामा विभिन्न प्रतिष्ठित राष्ट्रिय तथा स्थानीय कम्पनीहरूको सहभागिता रहनेछ। सहभागीहरूले रोजगारदाता संस्थाका प्रतिनिधिसँग प्रत्यक्ष अन्तर्वार्ता दिन, पेशागत परामर्श प्राप्त गर्न, आफ्नो योग्यता तथा अनुभवअनुसार उपलब्ध रोजगारीका अवसरबारे जानकारी लिन तथा व्यावसायिक सम्बन्ध विस्तार गर्न सक्नेछन्।

आयोजकका अनुसार रोजगारदाता र दक्ष जनशक्तिबीचको दूरी कम गरी स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ रोजगार मेलाको आयोजना गरिएको हो। मेलामा सहभागी हुन इच्छुकहरूले आफ्नो व्यक्तिगत विवरण (बायोडाटा) साथमा लिएर उपस्थित हुन अनुरोध गरिएको छ।

रोजगारीको खोजीमा रहेका युवादेखि दक्ष तथा अनुभवी जनशक्तिसम्मका लागि यो रोजगार मेला उज्ज्वल व्यावसायिक भविष्यतर्फ अघि बढ्ने महत्वपूर्ण अवसर बन्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.