सुचना, समाचार र मनोरन्जन

लिखतसम्बन्धी कसुरको आरोपमा वायुसेवा निगमका दुई कर्मचारी निलम्बन

काठमाडौँ/

नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा परेका छन । नक्कली भिजिट भिसामा विदेश जाने नेपाली नागरिकको कागजात मिलाउने गरेको आरोपमा पक्राउ परेका निगमका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव निलम्बनमा परेका हुन ।

अनुसन्धानका लागि पक्राउ परेका उनीहरु दुवैजनालाई निलम्बन गरिएको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । पोखरेल र यादव लिखतसम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि प्रहरीको हिरासतमा छन ।

मुद्दाको अन्तिम किनारा नलागेसम्म निलम्बन गर्ने वायुसेवा निगमका कर्मचारीको सेवा, शर्तसम्बन्धी नियमावलीको प्रावधानअनुसार दुवैजनालाई निलम्बन गरिएको प्रवक्ता पौडेलले बताए ।

प्रहरीले अधिकृत पोखरेललाई गएको मङ्सिर २५ गते तथा वरिष्ठ सहायक यादवलाई मङ्सिर २७ गते पक्राउ गरेको थियो । नक्कली भिजिट भिसामा कागजात मिलाउने घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.