बाग्लुङ/
राष्ट्रपति रामचन्द्र पौडेलले बाग्लुङ कालिकाको दर्शन एवम् पूजाअर्चना गरेका छन् । बुधबार बिहान त्यहाँ पुगेका राष्ट्रपति पौडेलले कालिका भगवती मन्दिर पुगेर बाग्लुङ कालिकाको दर्शन एवम् पूजाअर्चना गरेका हुन्।
राष्ट्रपतिमा निर्वाचित भएपछि उनी पहिलोपटक यहाँ आएका हुन् । यो मन्दिर नेपालको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित छ । उनी मन्दिर पुग्नुहुँदा कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका पदाधिकारी, पुजारी, भक्तजन, स्थानीय जनप्रतिनिधि, प्रशासक तथा सर्वसाधारणले स्वागत गरेका थिए । राष्ट्रपति पौडेलले आजै यहाँस्थित शालिग्राम सङ्ग्राहलयको अवलोकन गरे ।