काठमाडौँ/
गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकमा डा रवि मल्ल नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयको उच्च स्रोतका अनुसार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले डा। मल्ललाई निमित निर्देशकमा नियुक्त गरेका हुन् ।
मल्ल गंगालालका चिकित्सकमध्ये वरिष्ठ भएकाले निमित्तको रुपमा जिम्मेवारी दिइएको ती अधिकारीले जानकारी दिए ।
गत पुस ६ गते कार्यकारी निर्देशकमा डा. चन्द्रमणि अधिकारीको कार्यकाल सकिएको थियो । डा. अधिकारीको कार्यकाल सकिएपछि मन्त्रालयमा गंगालालमा कसलाई निर्देशक बनाउने भन्ने विषयमा छलफल चलेको थियो । तर नाम टुंग्याउन नसकेपछि हाल डा। मल्ललाई निर्देशकको जिम्मेवारी दिइएको ती अधिकारीले जानकारी दिए ।