सुचना, समाचार र मनोरन्जन

टेरामक्स प्रविधिका सबै काम रोक्न लेखा समितिको निर्देशन

काठमाडौँ/

संघीय संसदको सार्वजनिक लेखा समितिले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड मोनिटरिङ सिस्टम (टेरामक्स) प्रविधिको सबै काम रोक्न निर्देशन दिएको छ।

बुधबार भएको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो। उठेका यी विषयहरूबारे निष्कर्षमा पुग्न ३० दिनभित्र प्रगति विवरण समितिमा उपलब्ध गराउन समेत आदेश दिइएको छ।

Chaka Panja

त्यस्तै,अधिकारको दुरूपयोग भएको देखिएमा राज्यलाई हानी नोक्सानी हुने गरी कार्य गरे गराएको पाइएमा सम्बन्धितलाई हदैसम्मको कारवाहीको माग दाबीसहित कानुनबमोजिम प्राथमिकताका साथ अभियोजन प्रक्रियामा लैजान अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई निर्देशन समेत दिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले जडान गर्न लागेको यो प्रविधि सुरूदेखि नै विवादमा छ।

टेरामक्स खरिदमा अध्ययन प्रस्ताव नीतिगत निर्णय गरेको देखिँदैन। समितिले १५ आधार देखाएर यो प्रविधिसम्बन्धी सबै काम रोक्का गर्न निर्देशन दिएको हो।

समितिले मागे अनुसार मूल सम्झौता पत्र उपलब्ध नगराइएको, यसको भुक्तानी ग्रामीण दूरसञ्चार कोषबाट भएको, राजस्व बढ्ने आधार उल्लेख नभएको लगायतको विषयमा स्पष्ट नभएको समितिले उल्लेख गरेको छ।

Leave A Reply

Your email address will not be published.