काठमाडौँ/
प्रकाश सपुतको गीत ‘सकम्बरी’ सन् २०२३ मा युट्युबमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । यो गीतलाई वर्षको अन्त्यसम्म ५ करोड ४७ लाख पटक हेरिएको छ ।
सपुत जोडिएका चार गीतलाई करोडभन्दा बढी पटक हेरिएको छ । सूचीमा प्रकाश सपुत र शान्तिश्रीको दबदबा देखिन्छ । सपुत र शान्तिश्री परियारको अर्को गीत ‘अरेली काँडाले’ यस वर्ष दोस्रो धेरै पटक हेरिएको गीत बनेको छ । यो गीतलाई युट्युबमा ४ करोड ६९ लाख पटक हेरिएको छ ।
स्वप्न सुमन र समीर श्रेष्ठको गीत ‘जे छौ तिमी’लाई ४ करोड २२ लाख पटक युट्युबमा हेरिएको छ । सुशान्त केसीको गीत ‘सारंगी’लाई ३ करोड ६६ लाख पटक हेरिएको छ । यस्तै फिल्म ‘छक्कापञ्जा ४’ को गीत ‘दर्शन सलाम’लाई ३ करोड ८३ लाख पटक हेरिएको छ । यही फिल्मको अर्को गीत ‘सिरुपाते जुंगामा’लाई १ करोड २१ लाख पटक हेरिएको छ ।