सुचना, समाचार र मनोरन्जन

हुम्लामा सुत्केरीको हेलिकप्टरबाट उद्धार

हुम्ला,

हिमाली जिल्ला हुम्लामा सुत्केरी व्यथा लागेर थला परेकी एक महिलालाई पाँच दिनपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । व्यथा लागेर थला परेकी नाम्खा गाउँपालिका–३ की ३३ वर्षीया डिकी साङमु तामाङ ९लामा०लाई शुक्रबार बिहान हेलिकप्टरबाट उद्धार गरी कालागाउँस्थित सुर्खेत प्रादेशिक अस्पतालमा पुर्‍याइएको जिल्ला अस्पताल हुम्लाकी सिनियर अनमी सरिता बोहराले बताइन् ।

Pach Pandav

आमा र शिशुको ज्यान बचाउन विभिन्न निकायको पहलमा शुक्रबार बिहान उद्धार गरिएको हो । व्यथा लागेकी लामालाई रगतको अभाव हुँदा जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि जिल्ला बाहिर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काले जानकारी दिए ।

विशेषज्ञ चिकित्सक, सीमित साधनस्रोत तथा आवश्यक उपकरणको अभावले यहाँका महिलाहरूले अकालमै ज्यान गुमाउनु परिरहेको छ ।

यस्तै, नेपाली सेनाको हेलिकप्टरको खर्च संघीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको ुराष्ट्रपति महिला उद्धार कार्यक्रमुले बेहोर्दै आइरहेको छ ।

Leave A Reply

Your email address will not be published.