सुचना, समाचार र मनोरन्जन

दशनामी समाज युवा समिति कास्कीले गर्यो आत्मरक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम

पोखरा ।

नेपाल दशनामी समाज युवा समिति कास्कीले आत्मरक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ । पोखरा ७ स्थित श्रीकृष्ण माविमा अध्ययनरत कक्षा ७,८ र ९ का छात्राहरुलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण गराइएको अध्यक्ष सरस्वती पुरीले बताइन् । कार्यक्रममा विद्यालयका सहायक प्र.अ.  दिनेश बरालको उपस्थिति थियो । उनले आत्मरक्षा सम्बन्धी प्रशिक्षण समय सान्दर्भिक भएको उल्लेख गरे ।

अहिलेको अवस्थामा आवश्यक भएको भन्दै उनले आत्मरक्षा सम्बन्धी प्रशिक्षणले छात्राहरुमा उत्साह मिल्ने बताए । छात्राहरुलाई प्रशिक्षक कृती गिरी लगायतको टोलीले प्रशिक्षण गराएको थियो । दशनामी समाज युवा समिति कास्कीले बेलाबेलामा यस्ता कार्यक्रमको आयोजना गर्दै आएको अध्यक्ष पुरीले बताइन् । उनका अनुसार आगामी समय पनि आवश्यकता अनुसार यस्तो प्रशिक्षण कास्कीको अन्य ठाउँमा समेत आयोजना गर्दै लैजाने बताइन् । समितिले यसअघि स्वास्थ्य परिक्षण देखि अन्य थुप्रै सामाजिक सेवाका कार्यहरुको आयोजना गर्दै आएको छ ।

 

Leave A Reply

Your email address will not be published.