सुचना, समाचार र मनोरन्जन

आज मिति २०८० साल पुस १४ गते, शनिवार, भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

पोखरा ।
२०८० पुस १४ गते, शनिवार, ३० डिसेम्बर २०२३। पाैष कृष्णपक्ष तृतीया तिथि, ८ः३७ बजेपछि चतुर्थी। अश्लेषा नक्षत्र। चन्द्रराशि कर्कट।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। अरूको विश्वास गर्दा धोका हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। धेरै फाइदा नहुने काममा समय बित्नेछ। नजिकका आफन्त, साथीभाइ टाढिन सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा राेकिएकाे काम बनाउन सकिनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रयत्न गर्दा ठूलाे काम सम्पादन हुनेछ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन गर्न सकिनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अप्ठ्याराे काम थाल्नाले दिनभरि दाैडधुप गर्नुपर्ला। कामले खर्च बढाउन सक्छ। सञ्चित रकम अरूलाई सरसापट दिनुपर्ने हुन सक्छ। अर्थअभावले सताउने समय छ। टाढाका साथीभाइसँग सम्पर्क भने बढ्नेछ। परिवारजनबाट टाढिनुपर्ला। अरूलाई समय दिँदा आफू पछि परिनेछ। करकापमा परी कुनै काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रयत्न गर्दा आयस्रोत बढाउन सकिनेछ। व्यापारमा अड्किएको रकम उठ्नेछ। भविष्यका लागि केही लगानी बढाउन सकिनेछ। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। आंशिक फाइदा भए पनि काम पूरा गर्न अनुमानभन्दा बढी लगानी र समय लाग्नेछ। लाभांश अरूका लागि खर्चनुपर्ला। सरसापटमा पनि केही रकम बाहिरिन सक्छ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। मिहिनेतले उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। आँटले दिगो फाइदा उठाउन सकिनेछ। नाम, दाम र इनाम हातलागी हुनेछ। भविष्यका लागि काममा जग बसाउने मौका छ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ। मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ। सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ। तर मेहनतको केही प्रतिफल अरूको हातमा पुग्न सक्छ, सजग रहनुहोला।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। दिनभर दौडधुप गर्नुपरे पनि काम अधुरो रहला। पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। स्वास्थ्यमा कमजोरी देखापर्नुका साथै उपचारमा खर्च हुने योग छ। महत्त्वपूर्ण समय घरेलु समस्यामै अल्झनुपर्ला। हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दिन मनोरञ्जनपूर्ण रहनेछ। आतिथ्यपूर्ण सम्मानका साथ मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। सोख पूरा हुनुका साथै प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। सुमधुर प्रेम वा दाम्पत्यले प्रफुल्लित भइनेछ। आम्दानी प्रशस्तै बढ्नेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।

Leave A Reply

Your email address will not be published.