सुचना, समाचार र मनोरन्जन

पूजा शर्मा र अशोक दर्जीलाई ‘सेतो कोट’निर्देशन गर्दै शिवम्

काठमाडौँ :

मिनु शर्मा प्रोडक्सनको प्रस्तुति, शिवम अधिकारीको लेखन तथा निर्देशनमा फिल्म ‘सेतो कोट’बन्ने भएको छ। शुक्रबार निर्माण टिमले कोटेश्वर स्थिति महादेवस्थान मन्दिरमा पूजाआजा पश्चात् एक कार्यक्रमकाबीच शुभमुहूर्त गर्दै फिल्मको घोषणा गरेका हुन्।

शुभमुहूर्त सटमा फिल्मका मुख्य कलाकार अशोक दर्जी र पूजा शर्माले डाइलग बोल्दा अर्का कलाकार नीर शाहले निर्देशन गरे। शोभित बस्नेत क्ल्यापमा हुँदा क्यामेरामा पत्रकार सरिता भारती थिइन् भने नरिवल फुटाउन चर्चित भिलेन सुशान्त श्रेष्ठ थिए।

Pach Pandav

सर्टको निर्देशनपछि नीर शाहले सेतो रङ्ग अभाव भइरहेको समयमा यो फिल्मले सेतोपना बचाउने अपेक्षा रहेको बताएश्र यता अशोक दर्जीले यो टिमसँग काम गर्न उत्साहित रहेको भन्दै खुशी व्यक्त गरे। साथै पूजा शर्माले आफूले कथा खोल्दिन सक्ने भन्दै धेरै प्रश्न नगर्न आग्रह गरिन्। यसै फिल्मबाट माइली बुहारीका नामबाट चर्चामा आएकी सुमित्रा दाहालले आफूलाई हँसाउन भन्दा रुवाउन नै सहज हुने बताईन्।

शिवमको यो चौथो निर्देशकिय फिल्म हो। यसअघि उनले ‘पञ्चायत’,‘स्त्री’,लगायत फिल्म निर्देशन गरिसकेका छन्। पञ्चायतले त्यो समयमा निकै चर्चा कमाएको थियो। मनोरञ्जनात्मक तथा प्रभावशाली सिनेम्याटिक शैलीमा प्रस्तुत गर्ने लक्ष्य निर्माण पक्षको छ।

मिनु शर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता मिनु शर्मा ‘सपना’ तथा सन्देश थापा ‘काजी’ रहेका छन् भने कार्यकारी निर्माता फणीन्द्र तामाङ हुन्। फिल्ममा नीर,अशोक, पूजा, सुमित्रासँगै पवन खतिवडा ‘बाबा’, विष्णु सापकोटा ‘हर्के हवलदार’, सुशान्त कुमार श्रेष्ठ, साम्राज्ञी थापा, सम्मान थापा, रामेश्वर रिजाल, दीपेन्द्र भण्डारी, कपिल खड्का, कृषा घिमिरे, सुप्रिया शर्मालगायतको अभिनय रहनेछ।

फिल्मको को छायाङ्कन सौरभ लामाले गर्नेछन् भने सम्पादन बन्दे प्रसादको रहनेछ। काठमाडौँ, मकवानपुरलगायत नेपालको ग्रामीण भेगमा छायांकन हुने यस फिल्ममा सङ्गीत स्टिभ शङ्करले तयार गर्नेछन्। हेड अफ प्रोडक्सन अरुण रेग्मी, मुख्य सहायक निर्देशक नवराज शर्मा, बजार व्यवस्थापन भावेश ढकाल, प्रचार सामग्री सञ्जीव खड्की, कला निर्देशन डुक्राज, सह निर्देशन दीप्त प्रकाश अधिकारी र एलियास मलिकको रहनेछ।

Leave A Reply

Your email address will not be published.