सुचना, समाचार र मनोरन्जन

‘जालहारी’ लिएर आइन गीतकार कल्पना आङ्बुहाङ

काठमाडौं :

गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ बोलको गीत सार्वजनिक भएको छ । बिहिबार कपनस्थित नेपाल चलचित्र विकास बोर्डमा गीतको भिडियो सहित सार्वजनिक गरिएको हो। आङ्बुहाङको ‘बाह्रमासे फूल’ गीति एल्बममा समाहित जालहरीको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो। गीतमा मनोज साङ्सोन राईको संगीत,राजु कार्कीको संगीतसंयोजन रहेको छ भने प्रवीण बेडवाल र रचना रिमालको स्वर सुन्न सकिन्छ।

Pach Pandav

यो गीतमा प्रवीण र रचनाका साथमा मन्माबी राई, लिला राई, तुरेम्पा हाङ, सुरेश राईले पनि स्वरमा साथ दिएका छन्। हाङ चेम्जोङले निर्देशन गरेको भिडियोलाई छायांकन तथा सम्पादन इशाक जबेगुको छ। यस भिडियोमा सुन्दर खवास र बिपना आङ्बुहाङको मुख्य भूमिका रहेको छ ।

Leave A Reply

Your email address will not be published.